पानीले भरिएको खाल्डोमा पसेर तीन दिदी-बहिनीको मृत्यु
पानीले भरिएको खाल्डोमा पसेर तीन दिदी-बहिनीको मृत्यु


ग्वालपाड़ा (असम), 5 जून (हि.स.)। ग्वालपाड़ा जिल्लाको कृष्णाई क्षेत्रमा पानीले भरिएको खाल्डोमा डुबेर तीनजना दिदी-बहिनीहरूको मृत्यु भयो। पुलिसले बिहीवार बतायो, जिल्लाको कृष्णाईस्थित बल्ला क्षेत्रमा माछा समात्नको लागि गएका तीनजना दिदी-बहिनीहरू खेतको बीचमा खाल्डोमा झरे।

खाल्डोभित्र पानी भरिएकोले तीनैजना दिदी-बहिनीहरूको डुबेर मृत्यु भयो। घटनाको जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिसले स्थानीय मानिसहरूको सहयोगमा तीनैको शवलाई बाहिर निकालेर पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदियो।

मृतकाहरूको पहिचान सविता बेगम (12), सरजिना बेगम (7) र आजमिना बेगम (12)-को रूपमा भएको छ। यस दुर्घटनापछि सम्पूर्ण क्षेत्रमा शोक व्याप्त भएको छ। स्थानीय मानिसहरूले खेतको बीचमा खाल्डो बनाएर छोड़्नेहरूविरूद्ध कड़ाभन्दा कड़ा कारबाही गर्ने माग गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande