मालदा, 05 जून (हि.स.)। उपचाराधिन अवस्थामा बेपत्ता भएका एकजना रोगीको शव बिहीवार अस्पताल परिसरमा भेटियो। घटना प्रकाशमा आउनसाथ सन्त्राष फैलियो। यस सम्बन्धमा मालदा मेडिकल कलेजका अधिकारीहरूले इंग्लिश बजार पुलिस थानामा लिखित सिकायत दर्ता गराएका छन्।
प्राप्त जानकारी अनुसार रोगीको नाम दुखु अहेरी (45) हो। ओल्ड मालदा थानाको शुकानदिघी क्षेत्रका निवासी दुखुलाई गत मंगलवार राती लगभग 10 बजे ज्वरो आएको कारणले मालदा मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरिएको थियो। तिनकी पत्नी चिन्तामणि अहेरी बुधवार राती 11 बजेसम्म आफ्ना पतिको वार्डमा थिइन्।
चिन्तामणि अहेरीको आरोप छ, ड्यूटीमा तैनाथ नर्स र सुरक्षा गार्डले तिनलाई यसो भनेर बाहिर निकाले कि पुरूष वार्डमा कुनै पनि महिलालाई बस्ने अनुमति छैन। आज अर्थात बिहीवार बिहान तिनी आफ्ना पतिको अवस्था जान्न पुरूष मेडिसिन वार्डमा गइन्। तर उनले आफ्ना पतिलाई वार्डमा पाइनन्। उनलाई बताइयो, उनको पति बेपत्ता भएका छन्। त्यसपछि उनलाई खोज्न शुरू गरियो। पछि मेडिकल कलेजक निर्माणाधिन भवन परिसरमा तिनको शव भेटियो जुन पुरूष मेडिसिन वार्डदेखि मात्र सय मीटर टाड़ा छ।
यहाँ प्रश्न उठिरहेको छ, उपचाराधिन रोगी अस्पतालको बेडबाट कसरी बाहिर निक्ले? चिन्तामणिले आरोप लगाइन्, उनका पतिको मृत्युको लागि सुरक्षा गार्ड र नर्स जिम्मेवार छन्। अस्पताल प्रशासनले भन्यो, मामिलाको जाँच गरिँदैछ। कसैको गल्ती साबित भयो भने कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा