नासिकमा तीव्र गतिकाे कार बंगलामा ठोकियो, पाँचको मृत्यु
नासिकमा तीव्र गतिकाे कार बंगलामा ठोकियो, पाँचको मृत्यु


मुम्बई, 05 जून (हि.स.)। नासिक जिल्लामा नासिक-कलवान रोडमा कोल्हापुर फाटा नजिक हिजो राति एक तीव्र गतिकाे एउटा कार बंगलामा ठोकिँदा कारमा सवार पाँच जनाको मृत्यु भयो। यस घटनामा दुई जना घाइते भएका छन् र दुवैको नासिकको एक निजी अस्पतालमा उपचार भइरहेको छ।

पुलिस अनुसार, नासिकको नामपुर र देवला गाउँको चालक समेत सात जना बुधवार अबेर राति आफन्तको बिहेबाट फर्किरहेका थिए। अचानक कार चालकले नियन्त्रण गुमाउँदा अनियन्त्रित भएको कार कोल्हापुर फाटा नजिक विठोबा शंकर आहेरको बंगलामा ठोकियो। भिड़न्त यति भीषण थियो कि बंगला बाहिरको सीमेन्टको खम्बा ध्वस्त भएकाे छ।

यस घटनामा शैला वसन्त भदान (62), उनका सालो भालचन्द्र भदान (50), चालक खालिक महमूद पठान (50) निवासी नामपुर, माधवी मेटकर (32) र उनकी छोरी त्रिवेणी मेटकर (04) निवासी देवलाको घटनास्थलमै मृत्यु भयो। जबकि भालचन्द्र भदान (52) निवासी नामपुर र उत्कर्ष मेटकर (12) निवासी देवला गम्भीर रूपमा घाइते भए। यी दुवैलाई तत्काल कलवण उपजिल्ला अस्पतालमा प्राथमिक उपचारपछि नासिकको निजी अस्पतालमा भर्ती गराइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande