हुगलीको चाँपदानीमा चाँड़ै बन्नेछ नयाँ बाइपास
हुगलीको चाँपदानीमा चाँड़ै बन्नेछ नयाँ बाइपास


हुगली, 5 जुन(हि.स.)। औद्योगिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण नगर चाँपदानीलाई ट्राफिक जामको समस्यादेखि राहत दिलाउन अनि क्षेत्रीय कनेक्टिभिटीलाई सशक्त बनाउने उदेश्यले एउटा नयाँ बाइपास सड़क निर्माण गर्ने दिशामा ठोस पहल गरिएको छ। प्रस्तावित यो सड़कले दिल्ली रोडलाई सोझै जीटी रोडसित जोड़्नेछ जसबाट हजारौं यात्रीहरूलाई राहत मात्र मिल्नेछैन जबकि भारी मालवाहक वाहनहरूको ओहोर-दोहोर पनि पहिलाको तुलनामा धेरै सहज हुनेछ।

जिल्ला प्रशासनद्वारा तयार गरिएको यस परियोजना अन्तर्गत लगभग 8 किलोमीटर लामो सड़क निर्माण गरिनेछ जुन डीवीसी नहरको किनार-किनार हुँदै भद्रेश्वरको बिगाटीबाट शुरू भएर चाँपदानीको जीटी रोडमा पुगेर मिसिनेछ। मार्गमा एउटा रेलवे लाइन भएको कारणले त्यहाँ एउटा फ्लाईओभर पनि बनाइनेछ।

जिल्ला प्रशासन, रेलवे एवं सिचाई विभागका वरिष्ठ अधिकारीहरूले प्रस्तावित मार्गको स्थलगत निरीक्षण यसै साता गरे। यस अवसरमा चाँपदानीका विधायक अरिन्दम गुँई, चाँपदानी नगरपालिका अध्यक्ष सुरेश मिश्रा, बैद्यबटी नगरपालिका अध्यक्ष पिन्टु महतो, रामपुरका एसडीओ शम्भुदीप सरकार एवं चन्दननगरका एसडीओ विष्णु दास उपस्थित थिए।

जिल्ला प्रशासनका एकजना वरिष्ठ अधिकारीले बताए, यो नयाँ सड़कले दिल्ली रोड र जीटी रोडबीच एक वैकल्पिक मार्ग प्रदान गर्नेछ। यो चाँपदानी नगरपालिकाको वार्ड नम्बर- 10 देखि शुरू भएर चन्दननगरको गरजी मोड़ हुँदै सिंगुर ब्लकको बिगाटीसम्म पुग्नेछ।

यस सड़कलाई बहुपरतीय आवश्यकताहरूलाई मध्यनजर गर्दै विकसित गरिनेछ। यसमा दुईचक्के वाहन र साइकलको लागि भिन्नै लेन सहित दुवै तर्फ चौड़ादार फुटपाथ पनि बनाइनेछ जसबाट पैदल यात्रीहरूलाई पर्याप्त सुविधा प्राप्त होस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande