अपरेशन ब्लू स्टारको बरसीमा अमृतसरमा अलर्ट, दल खालसाले गऱ्यो बन्दको आह्वान
अपरेशन ब्लू स्टारको बरसीमा अमृतसरमा अलर्ट, दल खालसाले गऱ्यो बन्दको आह्वान


चण्डीगढ़, 05 जून (हि.स.)। पञ्जाबमा अपरेशन ब्लू स्टारको 06 जूनमा बरसीको मध्यनजर पुलिस अलर्ट छ। दल खालसाको तर्फबाट 06 जूनमा अमृतसर बन्दको आह्वान गरिएको छ। प्रशासनले यही दिन हुने गुरूनानक देव यूनिवर्सिटीका सबै परीक्षाहरू निरस्त गरेको छ। यस दिन दरबार साहिबम जहाँ अखण्ड पाठ साहिबको भोग हालिनेछ भने अकाल तख्त साहिबका जत्थेदारले जनताको नाम सन्देश जारी गर्नेछ।

पञ्जाबमा अपरेशन ब्लू स्टरको 06 जूनमा बरसीको मध्यनजर पुलिस र प्रशासन अलर्ट मोडमा छन्। जिल्लामा संवेदनशील ठाउँहरूमा सुरक्षाको कड़ा व्यवस्था गरिएको छ। कुनै प्रकारको पनि अप्रिय घटनाको आशंकाको कारण पुलिसले लगातार फ्ल्याग मार्च गरिरहेको छ। पुलिसले दरबार साहिब वरपरको क्षेत्रहरूमा फ्ल्याग मार्च गऱ्यो।

यहीबीच दल खालसाले 06 जूनमा अमृतसर बन्दको आह्वान गरेको छ।

दल खालसाले बिहिवार साझँ अपरेशन ब्लू स्टारको बरसीको पूर्व सन्ध्यामा घल्लूघारा मार्चा निकाल्ने घोषणा गरेको छ, जुन शहरका विभिन्न बजारहरू भएर गुज्रिँदै श्री अकालत तख्तमा समाप्त हुनेछ। जसको मध्यनजर सुरक्षा एजेन्सीहरू पनि सतर्क भए औं शिक्षण संस्थानहरूले पनि यसलाई लिएर सावधानीको रूपमा कदम उठाउनु शुरू गरेका छन्।

अमृतसर जिल्ला प्रशासनले गुरू नानक देव यूनिवर्सिटीले आफ्ना सबै कलेजहरूमा 06 जूनमा परीक्षाहरूलाई स्थगित गरेको छ। यी सबै थ्योरी परीक्षाहरू अब 20 जूनमा पहिले निर्धारित समयानुसार परीक्षा केन्द्रहरूमा हुनेछ। यस सम्बन्धित सबै जानकारी यूनिवर्सिटी वेबसाइटमा उपलब्ध हुनेछ।

अमृतसरका पुलिस आयुक्त जीएस भुल्लर अनुसार, स्थिति पूर्ण रूपमा नियन्त्रणमा छ। पुलिसले लगातार फ्ल्याग मार्च गरिरहेको छ। दरबार साहिब परिसरको मर्यादालाई ध्यानमा राखेर पुलिसका जवानहरूलाई तैनात गरिएको छ। नगरमा स्थितिलाई मध्यनजर राखेर लगभग 4 हजार पुलिसकर्मी तैनाथ गरिँदैछ। जसमा पञ्जाब आर्म्ड पुलिसका जवान पनि सामेल हुनेछन्।

अमृतसरमा 62 स्थानमा नाका स्थापित गरिएको छ। जसमा 14 नाका गोल्डन टेम्पल वरपर र बाटोमा हुनेछ। 20 नाका शहरभित्र, 10 नाका शहरको बाहिरी क्षेत्रहरूमा र 10 नाका शहरमा आउने-जाने मुख्य मार्गहरूमा हुनेछ। 52 नाकामा पुलिस 24 घण्टा तैनाथ रहनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande