कोलकाता, 05 जून (हि.स.)। प्रदेशकी मुख्यमन्त्री ममता ब्यानर्जीले बुधवार राति कोलकातामा अमेरिकाको काउन्सिल जनरल कैथी गिलेस डियाजलाई भेटिन्। यस अवधि उनले पश्चिम बंगालमा सेमीकन्डक्टर निर्माण परियोजनालाई लिएर राज्य सरकारको तर्फबाट गरिएको प्रगतिसित उनलाई अवगत गराइन्। ममताले बताइन्, यस परियोजनाको निम्ति जमीन आवण्टित गरिएको छ।
मुख्यमन्त्री अनुसार, अमेरिकी कम्पनीलाई सल्टलेक स्थित ‘सफ्टवेयर टेक्नोलोजी पार्क अफ इण्डिया’ (एसटीपीआई) को आईटी पार्कमा 13 हजार वर्गफुट जमीन प्रदान गरिएको छ। यो परियोजना ग्लोबल फाउन्ड्रीजको अगुवाईमा गरिँदैछ, जसले एक ‘फैब-लेस’ सेन्ट्रल यूनिट स्थापित गर्ने योजना बनाइऱहेको छ। यसमा डिज़ाइनिङ र टेस्टिङ जस्ता चरण सामेल हुनेछन् र भविष्यमा यसको विस्तार पनि सम्भव छ।
ममताले भनिन्, हामीले शुरूमा उनलाई 13 हजार वर्गफुट जमीन दिएका छौं तर कम्पनीको तर्फबाट गरिएको अनुरोधको मध्यनजर त्यही परिसरमा थप 19 हजार वर्गफुट अतिरिक्त स्थान तयार गरिँदैछ। यस परियोजना अन्तर्गत सम्बन्धित विश्वविद्यालयहरूको साथ मिलेर संयुक्त प्रशिक्षण कार्यक्रमहरूको योजना बनाइँदैछ।
मुख्यमन्त्री अनुसार, यो पहलले न केवल पश्चिम बंगालमा एक मजबुत सेमीकन्डक्टर इकोसिस्टम तयार पार्नेछ तर तकनीकी प्रगति र नवाचारको दिशामा राज्यलाई नयाँ शिखरहरूसम्म पुऱ्याउनमा सहयोगी हुनेछ। यस परियोजनाले हाम्रा युवाहरूका लागि अर्थपूर्ण रोजगारको नयाँ अवसर खोल्नेछ र राज्यको आर्थिक क्षमताहरूलाई पनि प्रोत्साहित गर्नेछ।
हिन्दुस्थान समाचार / भवानी थामी