शर्मिष्ठा विरूद्ध शिकायत गर्ने वजाहतलाई पक्राउ गर्न पुग्यो असम पुलिस, घरबाट फरार
वजा


कोलकाता, 05 जून (हि.स.)। सोशल मीडियामा भड्काउ र धार्मिक भावना आहत गर्ने पोस्टलाई लिएर विवादहरूमा घेरिएको वजाहत खानको निम्ति समस्या बढ्दै गइरहेको छ। उनी त्यही वजाहत खान हुन्, जसको शिकायतमा सोशल मीडिया इन्फ्लुएन्सर शर्मिष्ठा पानोलीलाई पक्राउ गरिएको थियो। अब उनी आफै आरोपहरूमा घेरिएका छन्।

असम पुलिसको एक पाँच सदस्यीय टीम बुधवार अबेर राति वजाहतलाई पक्राउ गर्न कोलकातास्थित उनको घर पुग्यो, तर उ त्यहाँ भेटिएन। जानकारी अनुसार, उनी आइतवार दिउँसोदेखि बेपत्ता छन्। पुलिसले उनका पिता सआदत खानलाई पनि सोधपुछको निम्ति बोलाएको थियो, तर उनी पनि त्यस समय उपस्थित थिएनन्।

वजाहत खान विरूद्ध असम पुलिसले एक प्राथमिकी दर्ता गरेको छ, जसमा उमाथि “उक्साउने” र “आपत्तिजनक” पोस्ट हालेको आरोप छ, जसले कथित रूपमा साम्प्रदायिक तनाउलाई प्रोत्साहित गर्दछ। कोलकातामा पनि ‘श्रीराम स्वाभिमान परिषद’ नामक एक एनजीओले उनी विरूद्ध शिकायत दर्ता गरायो, जसको आधारमा गार्डन रीच थानामा एक अलग मामिला दर्ता भएको छ।

कोलकाता पुलिसले उसलाई यस हप्ता दुईपल्ट सोमवार र मंगलवार सोधपुछको निम्ति बोलाएको थियो, तर दुवैपल्ट उ अनुपस्थित रहे। वजाहत फरार छन् र पलिसले उसलाई खोजीरहेको पुलिसले बताएकाे छ।

शर्मिष्ठा पानोलीको गिरफ्तारीले राजनीतिक खेमामा बवाल खड़ा गऱ्यो। भाजपा नेताहरूले ममता ब्यानर्जी सरकारमाथि “चयनात्मक कारबारी” को आरोप लगाए। पानोलीका उकील मोहम्मद शमीमुद्दीनले गिरफ्तारीको प्रक्रियामाथि प्रश्न खड़ा गर्दै यसलाई “क़ानूनी नियमहरूको अवहेलना” र “हतारमा उठाइएको कदम” बताए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande