एयर होस्टेसको ब्याग थुतेको मामिलामा दुई पक्राउ
एयर होस्टेसको ब्याग थुतेको मामिलामा दुई पक्राउ


सिलगढ़ी, 6 जून (हि.स.)। एयर होस्टेसको ब्याग थुतेको मामिलामा पुलिसले दुईजना आरोपीहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूमा रत्नदीप सेन राय र सुबोध तामाङ सामेल छन्।

पुलिस सूत्र अनुसार कालेबुङ निवासी एयर होस्टेस गत बुधवार बेंगलुरूदेखि बागडोगरा आइपुगेकी थिइन्। त्यहाँबाट तिनी सिलगढ़ी जंक्शनस्थित होटलमा जानको लागि हिँड़ेकी थिइन्। जंक्शन नजिकै स्कुटीमा सवार उपद्रवीहरूले पछिबाट तिनको ब्याक थुतेर भागे।

घटनापछि युवतीले बिहीवार प्रधान नगर थानामा लिखित सिकायत दर्ता गराइन्। सोही सिकायतको आधारमा जाँचमा जुटेको पुलिसले सीसीटीभी फुटेजको सहयोगमा दुवै आरोपीलाई अबेर राती 47 नम्बर वार्डको रामकृष्ण कलोनीबाट पक्राउ गऱ्यो। यसको साथै घटनामा प्रयोग गरिएको स्कुटीबाट युवतीको पासपोर्ट, आईडी कार्ड सहित अन्य केही महत्वपूर्ण दस्तावेज जफ्त गरियो। प्रधान नगर थानाको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande