भारत-बांग्लादेश व्यापार ईद-उल-अजहाको अवसरमा धेरै दिनसम्म बन्द रहने
भारत-बांग्लादेश व्यापार ईद-उल-अजहाको अवसरमा धेरै दिनसम्म बन्द रहने


कोलकाता, 06 जून (हि.स.)। भारत र बांग्लादेशबीच ईद-उल-अजहाको अवसरमा व्यापारिक गतिविधिहरू केही दिनको निम्ति स्थगित गरिएको छ। यो जानकारी दुवै देशको सीमामा उपस्थित एकीकृत जाँच चौकीहरू (आईसीपी) सित सम्बन्धित अधिकारीहरूले दिएका हुन्।

भारत-अखौरा (बांग्लादेश) एकीकृत जाँच चौकीको एक अधिकारीले भने, शुक्रवारदेखि यस व्यापारिक बिन्दूबाट निर्यात र आयातको गतिविधिहरू बन्द रहनेछ र 09 जूनदेखि पुनः शुरू हुनेछ। यसैगरी पश्चिम बंगालको उत्तर 24 परगना, पेट्रापोल, बेनापोल, नदिया‌ समेत त्रिपुराको श्रीमन्तपुर, बेलोनिया, खोवाई, कैलाशहर र धर्मनगरका अन्य व्यापार बिन्दुहरूमा पनि केही दिनको निम्ति व्यापार बन्द रहनेछ, जसको पुनः शुरूआत व्यापारी समुदायको सुविधा अनुसार तय गरिनेछ।

अधिकारी अनुसार, पश्चिम बंगालको पेट्रापोल (भारत)-बेनापोल (बांग्लादेश) आईसीपीको माध्यमले व्यापारिक गतिविधिहरू 14 जूनसम्म पूर्ण रूपमा बन्द रनहेछ। यो निर्णय बांग्लादेश सरकारको निर्देशहरू अनुरूप लिइएको हो। यद्यपि, यस अवधि दुवै देशबीच आव्रजन सेवाहरू सामान्य रूपले जारी रहनेछ। यसैगरी मेघालयको डकी-तमाबिल र असमको सुतारकांडी-शिओला व्यापारिक बिन्दू पनि बांग्लादेशमा ईद-उल-अजहाको मध्यनजर अस्थायी रूपमा बन्द रहनेछ।

उल्लेख्य, केन्द्र सरकारले भारत-बांग्लादेशबीच व्यापार, पर्यटन र आर्थिक गतिविधिहरूलाई प्रोत्साहन दिन अगरतला-अखौरा (त्रिपुरा) र श्रीमन्तपुर (सेपाहिजाला जिल्ला, त्रिपुरा) मा दुई आईसीपी स्थापित गरिएको छ। यस बाहेक पश्चिम बंगालको पेट्रापोल-बेनापोल, मेघालयको डकी-तमाबिल र असमको सुतारकांडी-शिओलामा पनि मल्टीपर्पज आईसीपी स्थापित गरिएको छ।

वार्षिक व्यापारको मूल्यको आधारमा पश्चिम बंगाल स्थित पेट्रापोल-बेनापोल आईसीपीपछि त्रिपुराको अगरतला-अखौरा आईसीपी दोस्रो सबैभन्दा ठूलो व्यापारिक बिन्दू हो। तरैपनि गत वर्षदेखि बांग्लादेशमा अस्थिरता र हिंसाको माहोल बनेपनि पश्चिम बंगाल, त्रिपुरा, असम र मेघालयको साथ व्यापारिक गतिविधिहरू अहिलेसम्म प्रभावित भएको थिएन।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande