सञ्चमान लिम्बू सरकारी कलेजमा विश्व पर्यावरण दिवस पालन
सञ्चमान लिम्बू सरकारी कलेजमा विश्व पर्यावरण दिवस पालन


गेजिङ, 06 जून (हि.स.)। सञ्चमान लिम्बू सरकारी कलेज आरीगाउँ, गेजिङले हिमालयमा जैवविविधता संरक्षण र प्लास्टिक प्रदूषणको गम्भीर मुद्दामा केन्द्रित व्यापक शैक्षिक कार्यक्रमहरूको साथ विश्व पर्यावरण दिवस मनायो। कलेजले दिनको पहिलो भागमा 'एक विद्यार्थी, एक बिरुवा' विषय अन्तर्गत सामूहिक वृक्षारोपण पहलको आयोजना गर्‍यो, जसको उद्देश्य 'हरित एवं स्वच्छ सिक्किम' मा व्यक्तिगत योगदानलाई प्रोत्साहित गर्नु थियो।

वृक्षारोपण अभियानको क्रममा संकाय र विद्यार्थीहरूले आ-आफ्नो विभागको प्रतिनिधित्व गर्दै तोकिएका क्षेत्रहरूमा कुल 1,893 बिरुवा रोप्न कार्य गरे। प्रत्येक सहभागीले आफ्नो बिरुवा ल्याएका थिए भने पर्यावरणप्रति योगदानकर्ताहरूको प्रतिबद्धतालाई जनाउन नामप्लेट ट्याग पनि लगाइएको थियो।

दोस्रो चरणमा कोलकाताको भारतीय प्राणी सर्वेक्षणसँगको सहकार्यमा राष्ट्रिय हिमालय अध्ययन मिसन परियोजना अन्तर्गत भारतीय हिमालयका खतरामा परेका स्तनधारीहरू विषयमा केन्द्रित शैक्षिक कार्यक्रममा सम्पन्न गरियो। कार्यक्रममा स्रोतवक्ताहरूले वन्यजन्तुमा प्लास्टिक प्रदूषणको हानिकारक प्रभावहरूमाथि प्रकाश पारेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande