बेङ्गलुरू भगदड़ः केएससीए सचिव र कोषाध्यक्षले दिए राजीनामा
भग


बेङ्गलुरू, 07 जून (हि.स.)। कर्नाटक राज्य क्रिकेट संघ (केएससीए) का सचिव ए शंकर र कोषाध्यक्ष ई जयरामले आ-आफ्नो पदबाट राजीनामा दिएका छन्। दुवैले रोयल चेलेञ्जर्स बेङ्गलुरू (आरसीबी) को विजय समारोहमा एम चिन्नास्वामी स्टेडियम नजिक भएको भगद़ड़ मामिलाको नैतिक जिम्मेवारी लिँदै आफ्नो पदहरूबाट राजीनामा दिएका छन्। यस भगदड़मा 11 जनाको ज्यान गएको थियो भने धेरै घाइते भएका थिए।

एक संयुक्त बयानमा शंकर र जयरामले भने, गत दुई दिनमा जुन अप्रत्याशित र दुर्भाग्यपूर्ण घटनाहरू घटेको छ, हाम्रो भूमिका धेरै सीमित भएपनि नैतिक जिम्मेवारी लिँदै हामी यो बताउन चाँहन्छौं कि हामीले हिजो राति केएससीएको सचिव र कोषाध्यक्ष पदबाट आफ्नो राजीनामा सुम्पेका छौं।

मुख्यमन्त्री र उपमुख्यमन्त्री विरूद्ध शिकायतअर्कोतिर, भाजपाको एक प्रतिनिधिमण्डलले शुक्रवार राति कब्बन पार्क पुलिस थानामा शिकायत दर्ता गरायो। यसमा आरसीबी टीमको जितको खुशियालीमा भगदड़मा भएको मृत्यु र त्यसपछि भएको अराजकताको निम्ति मुख्यमन्त्री र उपमुख्यमन्त्रीलाई जिम्मेवार ठहर गरिने र उनीहरू विरूद्ध मामिला दर्ता गरिने माग गरिएको छ।

उल्लेख्य, भगदड़ मामिलाको जाँच आपराधिक जाँच विभाग (सीआईडी) लाई सुम्पिएको छ। यस मामिलामा अगावै पक्रा परिसकेका आरसीबी फ्रेञ्चाइजीका मार्केटिङग प्रमुख निखिल सोसले र कार्यक्रमको प्रबन्धनको निम्ति जिम्मेवार डीएनए एन्टरटेनमेन्ट मेनेजमेन्ट कम्पनीका प्रतिनिधि सुनील मैथ्यू, किरण र सुमन्तलाई न्यायिक हिरासतमा पठाइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande