भाजपाले असमबाट राज्यसभाको निम्ति कणाद पुरकायस्थलाई बनायो उम्मेदवार
भाजपाले असमबाट राज्यसभाको निम्ति कणाद पुरकायस्थलाई बनायो उम्मेदवार


नयाँ दिल्ली, 07 जून (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) ले असमबाट राज्यसभा चुनाउको निम्ति कणाद पुरकायस्थलाई उम्मेदवार बनाएको छ। पार्टीको केन्द्रिय चुनाउ समितिले शनिवार यो फसेला लियो। असमबाट राज्यसभाको दुई सीटको निम्ति चुनाउ गराइँदैछ। राज्यमा सत्तारूढ़ भाजपाले एक सीट आफ्नो सहयोगी असम गण परिषद (एजीपी) लाई आवंटित गरेको छ। राज्यसभाका यी दुई सीटको निम्ति चुनाउ 19 जूनमा हुनेछ, जसको परिणाम त्यही दिन घोषित गरिनेछ।

चुनाउको अधिसूचना 02 जूनमा जारी हुनसाथ नामांकन प्रक्रिया शुरू भयो, जुन 09 जूनसम्म चल्नेछ। भाजपाका मिशन रंजन दास र एजीपीका बीरेन्द्र प्रसाद बैश्यको कार्यकाल पूरा भएको कारण यी दुई सीटमा चुनाउ गराइँदैछ। असममा राज्यसभाको सात सीट छन्, जसमध्ये छहमा भाजपा-नीत राजगको कब्जा छ, जबकि एक सीट निर्दलीयसित छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande