छत्तीसगढ़को बीजापुरमा थप दुई नक्सली मारिए, अटोमेटिक हतियार जफत
जवान


बीजापुर, 07 जून (हि.स.)। बीजापुर जिल्लाको घना जंगलहरू भएको इन्द्रावती नेशनल पार्क क्षेत्रमा चलिरहेको अभियानको तेस्रो दिन शनिवार सुरक्षाबलहरूले थप दुई नक्सलीलाई मारेको छ। यिनीहरूदेखि अटोमेटिक हतियार जफत गरिएको छ। बीजापुर पुलिस अधीक्षक जीतेन्द्र यादवले यसको पुष्टि गरेका छन्। नेशनल पार्क क्षेत्रमा अभियान अहिलेपनि जारी छ।

बीजापुरको नेशनल पार्क क्षेत्रमा सुरक्षाबलहरूलाई नक्सल विरोधी अभियान अन्तर्गत अहिलेसम्म ठूलो सफलता हात परेको छ। यही क्षेत्रमा बिहिवार फोर्सले सेन्ट्रल कमिटी मेम्बर र एक करोड़ इनामी सुधाकरलाई मारेको थियो भने शुक्रवार दिउँसो तेलंगाना स्टेट कमिटीको सदस्य र 25 लाख इनामी भास्करलाई मारियो। यस अभियानमा दुई टप कमान्डरहरू समेत कूल चार नस्कली मारिएका छन्। यस अपरेशनमा डीआरजी, एसटीएफ र कोबरा बटालियनलाई खटाइएको छ। यो त्यही क्षेत्र हो, जसलाई पहिले नक्सलीहरूको अभेद्य किल्ला मानिन्थ्यो।

यस अगाड़ी 21 मईमा भएको भिड़न्तमा 27 नक्सली मारिएका थिए। यसमा 1.5 करोड़को इनामी बसवा राजू पनि थियो। 21 मईको भिड़न्तदेखि 7 दिन अगाड़ी पुलिसले प्रेस कन्फ्रेन्स गरी कर्रेगुट्टा अपरेशनको पनि जानकारी दिएको थियो। यसमा 31 नक्सली मारिएका थिए। छत्तीसगढ़-तेलंगाना बर्डर स्थित कर्रेगुट्टाका पहाड़हरूमा सुरक्षाबलहरूले 24 दिनसम्म अपरेशन चलाएको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande