फिल्म अभिनेता डीनो मोरियालाई ईडीले पठायो नोटिस
डीनो


मुम्बई, 07 जून (हि.स.)। मीठी नदीको सफाईमा कथित भष्ट्राचार मामिलामा प्रवर्तन निदेशालय (ईडी) को टीमले शनिवार अभिनेता डीनो मोरियालाई नोटिस पठाएर उनलाई आगामी हप्ता जाँच अधिकारी समक्ष सोधपुछको निम्ति उपस्थित हुन आदेश दिएको छ।

सूत्रहरू अनुसार, मीठी नदी सफाई घोटाला मामिलामा ईडीको टीमले डीनो मोरिया सहित 15 जनाको आवास र कार्यालयमा छापा मारेको थियो। छापामारीमा यस मामिलाको मुख्य आरोपीको ब्याङ्क खाताबाट डीनो मोरियाको ब्याङ्क खातामा लेन-देनको पत्तो लागेको छ। यद्यपि, अभिनेताले यस वित्तीय व्यवहारलाई पर्सनल बताएका छन्। ईडीको टीम उनको यस जवाफसित सन्तुष्ट छैन, यसैले ईडीले उनलाई आज नोटिस जारी गरी सोधपुछको निम्ति उपस्थित हुनु भनेको छ।

यस अगाड़ी मुम्बई पुलिसले यही मामिलामा अभिनेता डीनो मोरियासित सोधपुछ गरिसकेको छ। जबदेखि मीठी नदीबाट बलौटा निकाल्ने घोटालाको जाँच तीव्र भएको छ तबदेखि डीनोको समस्या कम हुने नाम लिइऱहेको छैन।

उल्लेख्य, मुम्बईको मीठी नदी, जुन शहरको निम्ति जल निकासीको एक अहम मार्ग हो, त्यसको सफाईको नाममा 65 करोड़ रूपियाँको कथित घोटाला अघि आएको छ। यो घोटाला गत 20 वर्षदेखि चलिरहेको मीठी नदीको बलौटा निकाल्ने (डिसिल्टिङ) परियोजनासित जोड़िएको छ, जसको उद्देश्य मुम्बईमा बाढ़ र पानी जमा हुनदेखि रोक्नुथियो। तर यस परियोजनामा भारी वित्तीय अनियमितताहरूले शहरको मनसून तयारीहरूमाथि प्रश्न खड़ा गरेको छ।

मीठी नदी मुम्बई भएर बग्छ र अरब सागरमा गएर मिसिन्छ। बलौटा निकाल्नका लागि विशेष ‘ड्रेजिङ' उपकरण भाड़ामा लिने टेन्डरमा केही आपूर्तिकर्ताहरूलाई लाभ पुऱ्याउन हिनामिना गरिएको आरोप छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande