नयाँ दिल्ली, 07 जून (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले गत 11 वर्षमा सरकारको किसान हितैषी पहलहरूको दूरगामी प्रभावलाई रेखांकित गरेका छन्, जुन कृषक समुदायको निम्ति सम्मान र समृद्धिको महत्वपूर्ण चरण हो। उनले पीएम किसान सम्मान निधि र किसान फसल बीमा जस्ता प्रमुख पहलहरूमाथि प्रकाश पार्दै यिनीहरूलाई किसानहरूको कल्याणको निम्ति सरकारद्वारा उठाइएको महत्वपूर्ण कदम बताए।
उनले भने, न्यूनतम समर्थन मूल्य (एमएसपी) मा लगातार वृद्धिको कारण देशको खाद्यान्न उत्पादकहरूलाई न केवल उनीहरूको फसलहरूको उचित मूल्य प्राप्त भइऱहेको छ तर उनीहरूको आयमा पनि वृद्धि भइरहेको छ। उनले आफ्नो सरकारको 11 वर्ष पूरा हुँदा एक्स पोस्टमा जोड दिँदै भने कि देशका परिश्रमी किसानहरूको सेवा गर्नु उनको सरकारको निम्ति सौभाग्यको कुरा हो।
उनले भने, सरकारका विभिन्न पहलहरूले न केवल किसानहरूबीच समृद्धि बढ़ाएको छ तर कृषि क्षेत्रको समग्र परिवर्तनमा पनि योगदान दिएको छ। प्रधानमन्त्रीले प्रकाश पार्दै भने कि सरकारले मृदा स्वास्थ्य र सिंचाई जस्ता प्रमुख पहलुहरूमाथि गम्भीरताले ध्यान दिएको छ, जुन धेरै नै लाभप्रद रहेको छ। किसानहरूको कल्याणको निम्ति हाम्रो प्रय़ास आउने दिनहरूमा अझ् अधिक जोशको साथ जारी रहनेछ। हामीले आफ्ना किसानहरूका लागि सम्मान र समृद्धिमाथि काम गरेका छौं।
प्रधानमन्त्रीले भने, हाम्रा किसान भाई-बहिनीहरूलाई पहिले स-साना आवश्यकताहरूका लागि पनि उधारो लिन बाध्य हुनुपर्थ्यो, गत 11 सालमा हाम्रो सरकारको निर्णयहरूले उनीहरूको जीवन धेरै सजिलो बनाएको छ। पीएम किसान सम्मान निधि होस् या फेरि किसान फसल बीमा, हामीले उनीहरूको कल्याणको निम्ति धेरै अहम कदम उठाएका छौं। अब एमएसपीमा निरन्तर बढ़ोतरीले देशका अन्नदाताहरूलाई न केवल फसलहरूको उचित दर प्राप्त भइरहेको छ तर उनीहरूको आय पनि बढ़ेको छ।
उनले भने, हाम्रा परिश्रमी किसानहरूको सेवा गर्नु हाम्रो सौभाग्य हो। गत 11 वर्षमा हाम्रा विभिन्न पहलहरूले किसानहरूको समृद्धि बढ़ाएको छ र कृषि क्षेत्रमा समग्र परिवर्तन सुनिश्चित गरेको छ। हामीले मृदा स्वास्थ्य र सिंचाई जस्ता मुद्दाहरूमाथि ध्यान केन्द्रित गरेका छौं, जुन धेरै लाभकारी रहेका छन्। आउने समयमा किसान कल्याणको निम्ति हाम्रो प्रयास अधिक जोशको साथ जारी रहनेछ।
उल्लेख्य, नरेन्द्र मोदीले गत साल 09 जूनमा लगातार तेस्रो पल्ट प्रधानमन्त्री पदको शपथ लिएका थिए।
हिन्दुस्थान समाचार / भवानी थामी