प्रधानमन्त्रीले रक्षा मन्त्रीको आलेखलाई सोशल मीडियामा साझा गरे
मोदी


नयाँ दिल्ली, 07 जून (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार रक्षा मन्त्री राजनाथ सिंहको एउटा आलेख साझा गरेका छन्, जसमा सीमापारी आतङ्कवादप्रति भारतको जीरो टलरेन्सको नीतिको पुष्टि गरिएको छ। पीएम मोदीले भने, रक्षा मन्त्रीले जोड दिएर भनेका छन्, भारतमा कुनैपनि हमलाको कड़ा जवाफ दिइनेछ र आतङ्कीहरू र उनका अपराधीहरूबीच कुनै अन्तर गरिनेछैन।

रक्षा मन्त्रीको एक्स पोस्टमा साझा गरिएको लेखमाथि प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले एक्समा लेखेका छन्, रक्षा मन्त्री राजनाथ सिंहले सीमापारी आतङ्कवादप्रति भारतको जीरो टलरेन्सको पुष्टि गरेका छन्। उनले जोड दिएर भनेका छन्, भारतमाथि कुनैपनि हमलाको कड़ा जवाफ दिइने र आतङ्कवादीहरू र उनका अपराधीहरूबीच कुनै अन्तर गरिनेछैन।

उल्लेख्य, एक अंग्रेजी दैनिकमा प्रकाशित लेखमा रक्षा मन्त्री राजनाथ सिंहले आतङ्कवादलाई मानवताको निम्ति अभिशाप बताएका छन्। उनले भनेका छन्, यो क्रान्ति, बलिदान र हिंसाको रोमान्टिक दृष्टिकोणको भ्रामक धारणाहरूमा फस्टाउँछ।

उनले भने, साँचो स्वतन्त्रता कहिलेपनि भय र रक्तपातमाथि आधारित हुन सक्दैन। भारत सरकार पाक प्रायोजित आतङ्कवाद विरूद्ध जीरो टलरेन्स र निश्चित जवाबी कारबाहीको नीतिमा हिँड़िरहेको छ। उनले वैश्विक समुदायसित आतङ्कवादसित लड्न एकजुट हुने आह्वान गरे।

रक्षामन्त्रीले आतङ्कवादसित लड्न पाँच तरीकाको सुझाउँ दिँदै भने, सबै शान्तिप्रिय देशहरू यस खतरालाई संधैको निम्ति मेटाउन एकसाथ आउने आवश्यकता छ। भारत आतङ्कवाद लड़ाईमा एक मजबुत र दृढ़ देश हो र यस खतरा विरूद्ध लड्न तयार छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande