राष्ट्रपति द्रौपदी मुर्मूको देवघर यात्रा स्थगित
राष्ट्रपति द्रौपदी मुर्मू


रॉंची, 07 जून (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मूको 10 र 11 जूनमा प्रस्तावित देवघर यात्रा स्थागित भएको छ। राष्ट्रपति भवनले एम्स प्रबन्धन र जिल्ला प्रशासनलाई यस सम्बन्धमा जानकारी गराएको छ।

राष्ट्रपतिको कार्यक्रम स्थगित भएपछि अब देवघर एम्समा एमबीबीएसको पहिलो दीक्षान्त समारोहको पनि नयॉं तिथिको घोषणा हुनेछ। राष्ट्रपति भवनले शुक्रवार अबेर सॉंझ एम्स निदेशक डा. सौरभ वार्ष्णेयलाई यस आशयको सूचना दिएको छ। उनी मुख्यमन्त्री हेमन्त सोरेनलाई दीक्षान्त समारोहमा सामेल हुन निमन्त्रणा दिएर रॉंचीबाट देवघर फर्किरहेका थिए। डा. वार्ष्णेयले भने, राष्ट्रपतिको विशाखापत्तनमको कार्यक्रम पनि स्थगित भएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande