राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले मुस्लिम समुदायलाई दिए बकरीदको बधाई
राष्ट्र


नयाँ दिल्ली, 07 जून (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड़ र प्रधानमन्त्री नरेन्द्र मोदीले आज देशवासीहरू, विशेष रूपमा मुस्लिम समुदायलाई बकरीदको बधाई दिएका छन्। यो पर्वले बलिदान, आस्था र उदात्त आदर्शहरूको महत्वलाई दर्साउँछ।

राष्ट्रपतिले एक्समा लेखेकी छन्, ईद-उल-अजहाको पावन अवसरमा म सबै देशवासीहरू, विशेष रूपमा मुस्लिम भाई-बहिनीहरूलाई हार्दिक बधाई र शुभकामना दिन्छु। यो पर्वले बलिदान, आस्था तथा अनेक उदात्त आदर्शहरूको महत्वलाई बुझाउँछ। आउनुहोस्, यस शुभ अवसरमा हामी सबैले मिलेर समाज र देशको निम्ति समर्पणको भावनाको साथ कार्य गर्ने संकल्प लिऔं।

उपराष्ट्रपतिले एक्समा पोस्ट गरेका छन्, ईद-उल-जुहाको पावन अवसरमा सबै नागरिकहरूलाई हार्दिक बधाई। ईद-उल-जुहाले हामीलाई त्यागको शक्ति र उदारताको आशीर्वादको सम्झना गराउँछ। ईद-उल-जुहाद्वारा जुन निःस्वार्थता र सेवाको मूल्यहरूलाई प्रोत्साहन दिइन्छ, ती शाश्वत गुण हुन्, जसले हाम्रो लोकतान्त्रिक संरचनालाई समृद्ध गर्दछ र हाम्रो विविध समाजको बन्धनहरूलाई मजबुत बनाउँदछ। यस अवसरले हामीलाई एकताको साझा भावाको साथ एकसाथ आउने र एक न्यायपूर्ण, शान्तिपूर्ण र समतापूर्ण राष्ट्रको निर्माणक निम्ति मिलेर काम गर्नका लागि प्रेरित गरोस्।

प्रधानमन्त्री नरेन्द्र मोदीले एक्स सन्देशमा भनेका छन्, ईद-उल-अजहाको हार्दिक शुभकामना। यस अवसरले सद्भावलाई प्रेरित गरोस् र हाम्रो समाजमा शान्तिको संरचनालाई मजबुत बनाओस्। सबैको सुस्वास्थ्य र समृद्धिको कामना गर्दछु।

उल्लेख्य, बकरीदको पर्व मुस्लिम समुदायको निम्ति एक महत्वपूर्ण अवसर हो, जसले बलिदान र आस्थाको मूल्यहरूलाई बढ़ाउँछ। यस पर्वले मानिसहरूलाई एकताको साझा भावनाको साथ एकसाथ आउने र समाजमा शान्ति र सौहार्द बढ़ाउनका लागि प्रेरित गर्दछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande