नयाँ दिल्ली, 07 जून (हि.स.)। विश्वभरिमा आज विश्व खाद्य सुरक्षा दिवस मनाइँदैछ। यस अवसरमा केन्द्रिय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री जेपी नड्डाले खाद्य जनित रोगहरूलाई कम गर्नमा सुरक्षित र स्वच्छ भोजनको आवश्यक भूमिकाबारे जागरूकता बढ़ाउनमाथि जोड दिए।
नड्डाले एक्स पोस्टमा भनेका छन्, भोजन त्यो ईन्धन हो, जसले हामीलाई हरेक दिन अगाड़ी बढ्नमा मद्दत गर्दछ। जब हामी खाद्य सुरक्षामाथि ध्यान केन्द्रित गर्छौं तब हामीले आफ्नो स्वास्थ्य र हरेक ठाउँ परिवारहरूको कल्याणको रक्षा गरिरहेका हुन्छौं। यस वर्षको थीम खाद्य सुरक्षा: विज्ञानको कारबाही, ले कसरी विज्ञान र प्रौद्योगिकीले हरेक स्तरमा हाम्रो भोजनको गुणवत्ता र सुरक्षाको रक्षा गरिरहेको छ, सोही बताउँदछ।
उल्लेख्य, खाएर हुने कुनै प्रकारको पनि खतरालाई कम गर्न र त्यसको पहिचान गर्नकै लागि फूड सेफ्टी डे मनाइन्छ। पहिलो पल्ट विश्व खाद्य सुरक्षा दिवस 07 जून 2019 मा मनाइएको थियो। वर्ल्ड फूड सेफ्टी डे- लाई 18 दिसम्बरमा यूनाइटेड नेशन जनरल एसेम्बलीले फूड एण्ड एग्रीकल्चर अर्गनाइजेशन र वर्ल्ड हेल्थ अर्गनाइजेशनको साथ मिलेर बनायो। यस दिनलाई मनाउने उद्देश्य स्वास्थ्य, भोक र खेतीसित जोड़िएको लक्ष्यहरूलाई प्राप्त गर्नका साथ खाद्य सुरक्षाको आवश्यकताहरूमाथि ध्यान दिलाउनका लागि गरियो।
किन जरूरी छ वर्ल्ड फूड सेफ्टी डे-
खाद्य सुरक्षा कुनै पनि आम जनताको मौलिक अधिकार हो। मैला र असुरक्षित खाए हार्मफुल बेक्टीरिया, भाइरस, प्यारासाइट र केमिकल हुन्छ, जसले लगभग 200 रोगलाई जन्म दिनसक्छ। यसमा डायरियादेखि लिएर क्यान्सरसम्म सामेल छ। वर्ल्ड हेल्थ अर्गनाइजेशन अनुसार, लगभग 6 मिलियन मानिस प्रदूषित खाना खाएर हरेक साल बिरामी पर्छन् र प्रदूषित खानाले लगभग चार लाख बीस हजार मृत्यु पनि भइसकेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी