भारतीय वायु सेनाले किडनी र कोर्निया एयरलिफ्ट गरी दिल्ली पुऱ्यायो
रोगी


अस्प


नयाँ दिल्ली, 08 जून (हि.स.)। बेङ्गलुरूमा ब्रेन डेड रोगीका अंगहरूबाट पाँच जनाको ज्यान बचाउनमा भारतीय वायु सेनाले अह्म भूमिका निभाएको छ। वायु सेनाले बेङ्गलुरूदेखि दिल्लीसम्म एक किडनी र कोर्नियालाई हवाई मार्ग मार्फत पुऱ्यायो, जसको सैन्य अस्पतालमा दुई रोगीलाई प्रत्यारोपित गरी उनीहरूको ज्यान बचाउन सकियो। यस बाहेक तीन अंगबाट बेङ्गलुरूमा तीन रोगीको ज्यान बचाउन सकियो। यस मिशनमा धेरै अस्पताल र कर्नाटकको संस्था `जीव सार्थक' सामेल थिए, जसले चिकित्सा समुदायको समर्पण र विशेषज्ञतालाई प्रदर्शित गरे।

वस्तुतः बेङ्गलुरूको एक अस्पतालमा शुक्रवार एक रोगीलाई ब्रेन डेड घोषित गरियो। उसका परिजनहरूले काम गरिरहेका अंगहरूलाई दान गर्ने इच्छा जाहेर गरे। यसपछि वायु सेनाको विमानमा एक किडनी र एक कोर्नियालाई दिल्लीमा आर्मी अस्पताल (रिसर्च एण्ड रेफरल) पठाइयो। दोस्रो किडनी र कोर्नियालाई बेङ्गलुरूको विक्टोरिया अस्पतालको एक मेडिकल टीमको सहयोगले वायु सेनाको बेङ्गलुरू स्थित कमान्ड अस्पातलमा एक रोगीलाई प्रत्यारोपित गरियो। यस बाहेक बेङ्गलुरूको केंगेरी स्थित बीजीएस ग्लेनीगल्स अस्पतालमा लिवरलाई सफलतापूर्वक प्रत्यारोपित गरियो।

यस प्रकार ब्रेन डेड घोषित रोगीका पाँच अगं पाँच अन्य रोगीको नयाँ जीवनको श्रोत बन्यो।

भारतीय वायु सेनाले एक बयानमा भन्यो, यो निर्बाध अपरेशन कर्नाटकको संस्था `जीव सार्थक' को साथ मिलेर गरियो, जसले सशस्त्र बलहरूको चिकित्सा समुदायको असाधारण प्रतिबद्धता र चिकित्सा विशेषज्ञतालाई दर्शाउँछ। वायु सेनाले एक्समा समन्वित अपरेशनको विवरण र एयरलिफ्टको फोटोहरू साझा गऱ्यो। पोस्टमा भनिएको छ, आईएएफले आज कमान्ड हस्पिटल एयर फोर्स बेङ्गलोर (सीएचएएफबी) को माध्यमले विभिन्न स्थानहरूमा जीवन रक्षक बहु-अंग पुनर्प्राप्ति र महत्वपूर्ण प्रत्यारोपणलाई सक्षम गऱ्यो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande