अमित शाहको तमिलनाडू दौड़ाहः भाजपाद्वारा 2026 को विधानसभा चुनाउको तयारी तीव्र
शाह


चेन्नई, 08 जून (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाह 2026 को विधानसभा चुनाउहरूका लागि पार्टीको तयारीहरूको समीक्षा गर्न आइतवार तमिलनाडूको मदुरै पुगे। शाहको दौड़ाहको उद्देश्य पार्टीको जमीनी स्तरमा उपस्थितिलाई बलियो पार्नु र राज्यमा यसको चुनावी सम्भावनाहरू बढ़ाउनु हो।

आफ्नो दौड़ाहमा शाह स्थानीय पार्टी नेताहरू, कार्यकर्ताहरू र पदाधिकारीहरूसित कुराकानी गरी पार्टीको प्रदर्शनको आकंलन गर्नेछन् औं सुधारको क्षेत्रहरूको पहिचान गर्नेछन्। उनले पार्टीको संगठनात्मक ढांचाको पनि समीक्षा गर्नेछन् र मानिसहरूबीच आफ्नो पहुँच र प्रभाव बढ़ाउने तरीकाहरूको रणनीति बनाउनेछन्। उनको मदुरै दौड़ाह महत्वपूर्ण छ किनभने यो शहर भाजपाको दक्षिणी तमिलनाडू संचालनको एक प्रमुख केन्द्र हो। पार्टीले राज्यमा आफ्नो विस्तार गर्नका लागि काम गरिरहेको छ। शाहको दौड़ाहले पार्टीका क्याडर र नेतृत्वलाई धेरै बल मिल्नेछ।

2026 को विधानसभा चुनाउ नजिकिनसाथ भाजपा तमिलनाडूमा मजबुत प्रदर्शन गर्ने इच्छुक छ र शाहको दौड़ाह यस लक्ष्यलाई हासिल गर्न पार्टीको दृढ़ संकल्पको स्पष्ट संकेत हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande