गृहमन्त्री अमित शाहले मदुरै मीनाक्षी अम्मनको दर्शन गरे
शाह


मदुरै, 08 जून (हि.स.)। आइतवार प्रदेश भाजपा कार्यकारिणीको हुने बैठकमा भाग लिन केन्द्रिय गृहमन्त्री अमित शाह शनिवार राति एक निजी विमानमा मदुरै पुगे। 2026 क विधानसभा चुनाउ अगाड़ी राजनीतिक दल गठबन्धनको पुष्टि गर्न, पार्टीलाई बलियो बनाउन र चुनाउको निम्ति रणनीति बनाउनमा व्यस्त छन्।

हालमा डीएमकेले मदुरैमा एक आम समिति डाकेको छ। एयरपोर्ट पुग्दा केन्द्रिय राज्यमन्त्री एल मुरूगन, तमिलनाडू भाजपा अध्यक्ष नैनार नागेन्द्रन, तमिलिसाई सुन्दरराजन समेत पार्टीका अन्य पदाधिकारीहरूले उनको स्वागत गरे।

यसबीच केन्द्रिय गृहमन्त्री अमित शाहले आइतवार बिहान लगभग 11 बजी मदुरै मीनाक्षी अम्मन मन्दिरमा पूजा-दर्शन गरे। दर्शन गरिएको अवधि मन्दिर प्रशासनको तर्फबाट प्रसाद पनि भेट गरियो। अमित शाहको दौड़ाहलाई लिएर एक घण्टासम्म मन्दिरमा श्रद्धालुहरूको प्रवेशमा रोक लगाइएको थियो। मन्दिरका सबै द्वारहरूमा सुरक्षा बढ़ाइएको थियो तथा बम निरोधक दस्तालाई पनि तैनाथ गरिएको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande