बेङ्गलुरू, 08 जून (हि.स.)। कर्नाटक भाजपाले चिन्नास्वामी स्टेडियम नजिक भएको भगदड़लाई लिएर आइतवार राज्य सरकार विरूद्ध विधान सौधामा महात्मा गान्धीको प्रतिमा सामू प्रदर्शन गरे। भाजपा नेताहरूले राज्यका मुख्यमन्त्री र उपमुख्यमन्त्रीको राजीनामा मागे। साथै घटनामाथि चर्चाको निम्ति विधानसभाको विशेष सत्र बोलाउने माग पनि गरे। आईपीएलमा आरसीबीको विक्ट्री परेडमा भगदड़मा 11 जनाको मृत्यु भएको थियो जबकि 50 भन्दा धेरै घाइते भएका थिए।
भाजपा नेताहरूले आइतवार चिन्नास्वामी स्टेडियम बाहिर मचेको भगदड़लाई लिएर राज्य सरकारको विरोधमा प्रदर्शन गरे। भाजपा नेताहरूले विधान सौधामा प्रदर्शनमा पीड़ितहरूका परिजनहरूका लागि क्षतिपूर्तिको राशि 25 लाखदेखि बढ़ाएर 1 करोड़ रूपियाँ गर्ने, कर्नाटक उच्च न्यायालयको मुख्य न्यायाधिशको अगुवाईमा न्यायिक जाँच गराउने तथा अधिकारीहरूलाई निलम्बित गर्नका सट्टा मन्त्रीहरूको राजीनामाको माग गरेका छन्। भाजपाले यस घटनामा चर्चाको निम्ति विधानसभाको विशेष सत्र बोलाउने माग पनि गरेको छ।
विधान सौधामा नेता प्रतिपक्ष भाजपा नेता आर अशोक र विधान परिषदमा विपक्षका नेता चलवडी नारायणस्वामीको नेतृत्वमा आयोजित विरोध प्रदर्शनमा नेताहरूले मुख्यमन्त्री सिद्धारमैया, उपमुख्यमन्त्री डीके शिवकुमार र गृह मन्त्री परमेश्वरको तत्काल राजीनामाको माग गरे।
नेता प्रतिपक्ष आर अशोकले सोधे कि पुलिस अधिकारीहरूको लिखित चेताउनीलाई अदेखा गरी सरकारको तर्फबाट जितको खुशी मनाउने अनुमति किन दिइयो ? पुलिस अधिकारीहरूको चेताउनीपछि पनि जितको खुशी मनाउने अडान कसको थियो ? वस्तुतः कर्नाटक विधान सौधा सुरक्षा प्रभागका पुलिस उपायुक्तले 04 जूनमा सरकारलाई लेखेको चिट्ठीमा स्पष्ट भनेका थिए कि आरसीबी टीमको विजय उत्सवको आयोजनको निम्ति अधिक समय, तयारी र सावधानी उपायहरूको आवश्यकता छ।
भाजपा नेता पी राजीवले भने, राज्यका मुख्यमन्त्री र उपमुख्यमन्त्रीको गलत राजनीतिक मनसायको कारण 11 जनाको ज्यान गयो। उनीहरूले जिम्मेवारी लिनुपर्छ। उपमुख्यमन्त्री मुख्य अपराधी हुन्। ती दुवै विरूद्ध मामिला दर्ता गरिनुपर्छ र उनीहरूलाई तुरन्तै पक्राउ गरिनुपर्छ। कर्नाटक सरकारले प्रत्येक मृतकको निम्ति कम्तीमा 1 करोड़ रूपियाँको क्षतिपूर्ति दिनुपर्छ।
प्रदर्शनमा पूर्व उपमुख्यमन्त्री डा. सीएन अश्वथ नारायण, गोविन्दा करजोल, विपक्षका उपनेता अरविन्द बेलाड, राज्य महासचिव पी राजीव, सांसद, विधायक, परिषद सदस्य र अन्य पार्टी नेता उपस्थित रहे।
हिन्दुस्थान समाचार / भवानी थामी