नक्सली हिडमाको गाउँ पूवर्तीका ग्राम पटेलको नक्सलीहरूले गरे हत्या
नक्सली हिडमाको गाउँ पूवर्तीका ग्राम पटेलको नक्सलीहरूले गरे हत्या


सुकमा, 08 जून (हि.स.)। छत्तीसगढ़को सुकमा जिल्लाको ग्राम पूवर्तीमा नक्सलीहरूले हिजो अबेर राति एक ग्राम पटेल गोरको रामाको हत्या गरे। पुलिस यसको छानबीनमा जुटेको छ।

पुलिश अनुसार, कुख्यात नक्सली हिडमाको गाउँ पूवर्तीमा शनिवार अबेर राति ग्राम पटेल गोरको रामाको घरमा 10-15 को संख्यामा नक्सली आए औं धारिलो हतियारले उनको हत्या गरेर भागे। अहिले हत्याको कारणहरूको खुलासा भएको छैन। पुलिसले घटनास्थलमा पुगेर मामिलाको छानबीन गरिरहेको छ। क्षेत्रमा नक्सलीहरूलाई समाउन सर्चिङ तीव्र गरिएको छ। सुकमा एसपी किरण चौहानले ग्राम पटेलको हत्याको पुष्टि गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande