भरतपुर, 08 जून (हि.स.)। राजस्थानमा एक पल्ट फेरि गुर्जर आरक्षण आन्दोलन चर्किँदै गइऱहेको छ। भरतपुर जिल्लाको बयाना क्षेत्रस्थित पीलूपुरा (कारवारी शहीद स्मारक) मा आइतवार गुर्जर समाजले महापञ्चायत गरी सरकारालई आरक्षण सहित आफ्ना विभिन्न लम्बित मागहरूलाई लिएर अल्टीमेटम दिएको छ। गृह राज्यमन्त्री जवाहर सिंह बेढमले गुर्जर समाजसित छलफलको निम्ति आफ्नो सहमति व्यक्त गरेका छन्।
यस महापञ्चायतको नेतृत्व गुर्जर आरक्षण संघर्ष समितिका अध्यक्ष विजय बैंसलाले गरिरहेका छन्। यस महापञ्चायतमा भारी संख्यामा समाजका मानिसहरू जुटे। महापञ्चायतमा सामेल समाजका पंचहरू र पूर्व सरपंचहरूले सरकारमाथि वाचा पूरा नगरेको आरोप लगाए। उनीहरूको भनाई छ, कर्नल किरोड़ी सिंह बैंसलाको निधन भएदेखि धेरै अहम मुद्दाहरू थातीमा छन् र अब समाजले प्रतिक्षा गर्नेछैन।
समितिले संकेत दिएको छ, यदि सरकारबाट कुनै ठोस आश्वासन पाइएन भने आन्दोलन तीव्र गरिनेछ, जसमा रेलवे ट्र्याक जाम गर्नु पनि सामेल हुनसक्छ। अर्कोतिर, दौसा जिल्लाको सिकन्दरामा गुर्जर र एमबीसी वर्गका 372 युवा गत 80 दिनदेखि धरनामा बसेका छन्। उनीहरूले रीट-2018, रीट-2021, पशु चिकित्सा भर्ती-2019 र आरजेएस समेत अन्य नियुक्तिहरूमा समझौता अनुसार नियुक्तिको माग गरिरहेका छन्।
यस महापञ्चायतमा राजस्थान बाहेक दिल्ली, उत्तर प्रदेश, मध्य प्रदेश र जम्मू-कश्मीरबाट गुर्जर समाजका मानिसहरू ट्र्याक्टर, बस, जीप र बाइक मार्फत पीलूपुरा पुगेका छन्। गाउँमा पिउने पानीको निम्ति ट्याङ्करहरूको व्यवस्था गरिएको छ। यसबीच राज्य सरकारको तर्फबाट पनि प्रतिक्रिया आएको छ।
गुर्जर समाजको महापञ्चायत र उनीहरूको मागहरूलाई लिएर राज्यका गृह राज्यमन्त्री जवाहर सिंह बेढमले भने, सरकार बिना कुनै आन्दोलन वा महापञ्चायतको पनि संवादको निम्ति तयार छ। लोकतन्त्रमा सबैलाई आफ्नो कुरा राख्ने अधिकार छ, तर जब सरकार छलफलको निम्ति तयार छ भने आन्दोलनको आवश्यकता किन ? उनले संघर्ष समितिसित प्रतिनिधिमण्डल पठाएर संवाद शुरू गर्ने अपील गरे औं स्पष्ट गरे कि सरकारले कुनै समाजको निम्ति आफ्नो दैलो बन्द गरेको छैन।
हिन्दुस्थान समाचार / भवानी थामी