तेलङ्गाना मन्त्रीमण्डल विस्तार, तीन नयाँ मन्त्रीले लिए शपथ
तेल


हैदराबाद, 08 जून (हि.स.)। तेलङ्गानाका मुख्यमन्त्री रेवन्थ रेड्डीले आफ्नो मन्त्रीमण्डलको आज विस्तार गरेका छन्। राज्यपाल जिष्णु देव वर्माले तीन नयाँ विधायकलाई मन्त्री पदको शपथ दिलाए। मन्त्रीमण्डलमा 6 पद रिक्त छन् तर अहिलेको निम्ति तीन जनालाई नै मन्त्री पदको शपथ दिलाइएको छ।

आइतवार तेलङ्गाना मन्त्रीमण्डलको विस्तारको निम्ति राजभवनमा दिउँसो 12.19 बजी राज्यपाल जिष्णु देव वर्माले तीन विधायकलाई मन्त्री पदको शपथ दिलाए। मुख्यमन्त्री रेड्डीको संस्तुतिमा जसलाई मन्त्री पदको शपथ दिलाइयो, त्यसमा जी विवेक, अदलुरी लक्ष्मण कुमार र वक्ति श्रीहरिको नाम सामेल छ। शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री रेवन्त रेड्डी बाहेक धेरै मन्त्री र विधायक पनि सामेल भए।

मुख्यमन्त्री रेवन्थ रेड्डीले लामो विचार विमर्शपछि एससीको उपजाति मालाबाट विवेक, एससीको उपजाति मादिगाबाट लक्ष्मण र बीसीको मुदिराज उपजातिबाट श्रीहरिलाई अवसर दिने निर्णय लिएका थिए। यी तीनै मन्त्री बनेपछि क्याबिनेटमा अहिले थप तीन मन्त्री पद खाली छ। डिप्टी स्पीकरको रूपमा रामचन्द्रू नायकको नाममा मोहर लागेको खबर पनि छ। मुख्यमन्त्रीले यस मन्त्रीमण्डल विस्तारबाट सामाजिक समीकरणहरूलाई सन्तुलित गर्ने प्रयास गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande