नयाँ दिल्ली, 08 जून (हि.स.)। आजभन्दा लगभग 59 वर्ष अगाड़ी आजकै दिन भारत रत्न लालबाहुदर शास्त्री भारतको दोस्रो प्रधानमन्त्री बनेका थिए। सफा छवि तथा आफ्नो सरल स्वभावका निम्ति प्रसिद्ध शास्त्रीजीले देशका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको निधनपछि 09 जून 1964 मा प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए। उनी लगभग 18 महिनासम्म देशको प्रधानमन्त्री रहे।
लालबहादुर शास्त्रीको जन्म 02 अक्टोबर 1904 मा उत्तर प्रदेशको मुगलसरायमा भएको थियो। उनले आफ्नो शुरूआती शिक्षा वाराणसीमा प्राप्त गरे। पछि स्नातकको निम्ति काशी विद्यापीठ पुगे। यहाँ उनले शास्त्री को उपाधि पाएका थिए। उनी महात्मा गान्धीबाट निक्कै प्रभावित थिए। महात्मा गान्धीबाटै प्रेरणा पाएपछि उनले 1920 मा असहयोग आन्दोलनमा हिस्सा लिए औं स्वतन्त्रता संग्राममा सक्रिय भूमिका निभाए। फेरि भारत छोड़ो आन्दोलन र नून सत्याग्रह जस्ता धेरै आन्दोलनहरूमा भाग लिए औं यसले गर्दा उनी धेरै चोटी जेल पनि गए।
भारत आजाद भएपछि लालबाहुदर शास्त्रील कांग्रेस सरकारमा मन्त्री पद सम्हाले। 27 मई 1964 मा पण्डित नेहरूको निधनपछि उनी प्रधानमन्त्री बने। 09 जून 1964 देखि 11 जनवरी 1966 सम्म उनी प्रधानमन्त्री पदमा रहे। उनले 'जय जवान, जय किसान' को नारा दिएका थिए। उनको नेतृतवमा 1965 को युद्धमा भारतले पाकिस्तानलाई घुँड़ा टेक्न बाध्य बनाएको थियो। 11 जनवरी 1966 मा उनको उज्बेकिस्तानको ताशकन्दमा निधन भयो। उनको मृत्युको कारण आजसम्म स्पष्ट हुनसकेको छैन।
लाल बहादुर शास्त्रीलाई उनको सरल स्वभाव, देशभक्ति र ईमानदारीको निम्ति आज पनि पूरा देशले श्रद्धापूर्वक याद गर्दछ। उनलाई मरणोपरान्त वर्ष 1966 मा भारत रत्नले सम्मानित गरियो।
महत्वपूर्ण घटनाचक्र
1720 - स्वीडन र डेनमार्कले तेस्रो स्टकहोम सन्धिमा हस्ताक्षर गरे।
1789 – स्पेनले वेङ्कूवर द्वीप नजिक ब्रिटिश जहाजहरूमा कब्जा गऱ्यो।
1964 - लालबहादुर शास्त्री भारतको दोस्रो प्रधानमन्त्री बने।
1960 – चीनमा आएको चक्रवाती तूफान मैरीको कारण 1600 जनाको मृत्यु भयो।
2006 – म्यूनिखमा विश्वकप फ़ुटबालको रंगारंग शुरुआत।
2008 - फिल्म ‘चक दे इण्डिया’ को निम्ति अभिनेता शाहरुख खानलाई 9औं आईफा पुरस्कार समारोहमा सर्वश्रेष्ठ अभिनेताको पुरस्कार प्रदान गरियो।
जन्म
1912 - वसन्त देसाई - प्रसिद्ध संगीतकार।
1913 - चौधरी दिगम्बर सिंह - स्वतन्त्रता सेनानी एवं प्रसिद्ध नेता।
1931 - नन्दिनी सत्पथी - ओडिशाकी पूर्व मुख्यमन्त्री तथा लेखिका।
1949 - किरण बेदी - भारतकी प्रथम महिला आईपीएस।
1975 - अमीषा पटेल- बलीवुड अभिनेत्री।
1981 - अनुष्का शंकर- चर्चित संगीतकार।
1985 - सोनम कपूर- बलीवुड अभिनेत्री।
निधन
1900 - बिरसा मुण्डा - आदिवासी नेता एवं लोकनायक।
1990 - असद भोपाली - प्रसिद्ध शायर एवं गीतकार।
1993 - सत्येन बोस- प्रसिद्ध फिल्म निर्देशक।
2011 - एमएफ हुसैन- विख्यात भारतीय चित्रकार।
हिन्दुस्थान समाचार / भवानी थामी