गान्तोक, 11 जुलाई (हि.स.)। रम्फू थाना पुलिसले रम्फूस्थित आईबीएम छेउबाट प्रतिबन्धित नशालु पदार्थको साथमा तीन जनालाई पक्राउ गरेको छ।
पुलिस रिपोर्ट अनुसार, आफताब अंसारी नामक एक व्यक्तिको किरायको कोठाबाट पुलिसले 850 वटा एसपी क्याप्सुल र 0.97 ग्राम ब्राउन शुगर जफत गरेको छ। पुलिसले गरेको छानबिन अवधि कोठामा उपस्थित अन्य दुई जनालाई पनि पक्राउ गरिएको छ। पक्रा पर्ने अन्य दुई व्यक्तहरूको नाम अनुप दर्जी र जकराउल्लाह अंसारी बताइएको छ।
पुलिसले यस घटनाको सम्बन्धमा साडा एक्ट अन्तर्गत मामिला दर्ता गरेर जॉंच अगाडि बढाएको छ।
हिन्दुस्थान समाचार / बिशाल