बिहारमा मतदाता सूची पुनरीक्षणमा भेटिए भारी संख्यामा विदेशी
भोट


नयाँ दिल्ली, 13 जुलाई (हि.स.)। बिहारमा जारी विशेष गहन पुनरीक्षण कार्यक्रम (एसआईआर) मा भारी संख्यामा विदेशी नागरिकहरूको पहिचान भएको छ। यो जानकारी घर-घर गएर सत्यापन गरिरहेका बूथ लेवल अधिकारीहरू (बीएलओ) को माध्यमले अघि आएको छ।

चुनाउ आयोगको सूत्रहरू अनुसार, बिहारमा मतदाता सूची अपडेटको यस विशेष कार्यक्रममा घर-घर पुगेर गरिएको सत्यापनमा बूथ लेव अधिकारीहरूले भारी संख्यामा नेपाल, बांग्लादेश र म्यान्मारका नागरिक भेटेका छन्।

निर्वाचन आयोगको सूत्रहरूको भनाई छ, 01 अगस्तपछि उचित जाँच पूरा भएपछि यिनीहरूको नाम 30 सेप्टेम्बरमा प्रकाशित हुने अन्तिम सूचीमा सामेल गरिनेछैन।

बिहारमा मतदाता सूचीको यस विशेष संवीक्षण अभियानको उद्देश्य आगामी विधानसभा चुनाउअघि मतदाता सूचीलाई अद्यतन र त्रूटीहिन बनाउनु हो। यस अन्तर्गत बीएलओद्वारा घर-घर गएर मतदाता सूचीमा दर्ता नामहरूको पुष्टि गरिँदैछ।

उल्लेख्य, यस पहलको उद्देश्य पात्र मतदाताहरूको पञ्जीकरण सुनिश्चित गर्नु र अपात्र नामहरूलाई सूचीबाट हटाउनु हो। यो अभियान बिहारमा आगामी विधानसभा चुनाउहरूको तयारी अन्तर्गत चलाइँदैछ। यस अन्तर्गत शनिवारसम्म हरेक चारमध्ये तीन मतदाताहरूले आफ्नो नामांकन फारम जमा गराएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande