हैदराबाद, 13 जुलाई (हि.स.)। तेलुगू फिल्महरूका दिग्गज अभिनेता कोटा श्रीनिवास रावको निधन भएदेखि राजनीतिक दलहरूका नेताहरू, मन्त्रीहरू र फिल्मी हस्तिहरूद्वारा उनलाई श्रद्धाञ्जलि अर्पित गरिँदैछ। यही क्रममा केन्द्रिय गृह राज्य मन्त्री बन्डी संजय कुमारले पनि उनलाई नमन गरे औं उनलाई भावपूर्ण श्रद्धाञ्जलि अर्पित गरे।
केन्द्रिय गृह राज्य मन्त्री बन्डी संजय कुमारले आफ्नो शोक सन्देशमा भने, उनको पार्टीका वरिष्ठ नेता, पूर्व विधायक एवं प्रसिद्ध फिल्म अभिनेता कोटा श्रीनिवास रावको निधनको समाचार अत्यन्त दुःखद र व्यक्तिगत रूपमा पीड़ादायक हो। कोटा श्रीनिवास राव एक बहुमुखी प्रतिभाका धनी कलाकार थिए, जसले फिल्महरूमा आफ्नो अविस्मरणीय भूमिकाहरूले दर्शकहरूको मनमा स्थायी छाप छोड़े। उनलाई धेरै राष्ट्रिय पुरस्कारहरू र प्रतिष्ठित नन्दी पुरस्कारले सम्मानित गरियो।
उनले भने, श्रीनिवास राव राजनीतिक जीवनमा पनि उतिकै सक्रिय थिए। संयुक्त आन्ध्र प्रदेशमा विधायकको रूपमा चुनिएका कोटा जन समस्याहरूलाई उठाउनमा सदैव अग्रणी रहे। विशेष रूपमा फिल्म इन्डस्ट्रीसित जोड़िएका मुद्दाहरूलाई आफ्नो कार्यकालमा विधानसभामा जोडदार तरीकाले उठाइरहे।
उनले भने, मेरो पदयात्रामा श्रीनिवास रावले धेरै सुझाउ दिए औं हरेक पल्ट प्रोत्साहित गरे। जहिलेपनि जनहितको निम्ति संघर्ष गरे, उनले मेरो सराहना गरे तथा मलाई अझ् अधिक मानिसहरूबीच गएर काम गर्नका लागि प्रेरित गरे। उनी एक साँचो नेता थिए, जसले हरेक कदममा मलाई मार्गदर्शन र हौसाल दिए।
केन्द्रिय मन्त्रीले भने, कोटा श्रीनिवास रावको निधन भारतीय जनता पार्टी र फिल्म जगत, दुवैको निम्ति एक अपूरणीय क्षति हो। म उनको परिवार, प्रशंसकहरू र शुभचिन्तकहरूप्रति आफ्नो गहिरो समवेदना व्यक्त गर्दछु र परमात्मासित दिवंगत आत्मालाई शान्ति प्रदान गर्ने प्रार्थना गर्दछु।
हिन्दुस्थान समाचार / भवानी थामी