विदेश मन्त्री डा. जयशंकर आज सिंगापुर र चाइनाको तीन दिवसीय भ्रमणमा जाने
s jayshanker


नयॉं दिल्ली, 13 जुलाई (हि.स.)। विदेश मन्त्री डा. एस जयशंकर आजदेखि तीन दिवसीय भ्रमणमा सिंगापुर र चाइना जानेछन्। डा. जयशंकर साल 2020 मा पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखामा दुई देशबीच सैन्य गतिरोध उत्पन्न भएपछि पहिलोपल्ट चाइनाको भ्रमणमा गइरहेका छन्।

डा. एस जयशंकर आजदेखि सिंगापुर र चाइनाको भ्रमणमा प्रस्थान भइरहेका छन्। जयशंकर सिंगापुरमा आइतवार आफ्ना समकक्षसॅंग बैठकमा द्विपक्षीय सम्बन्धहरूमाथि विचार विमर्श गर्नेछन्। उनी चाइनामा 15 जुलाईदेखि शंघाई सहयोग संगठन (एससीओ) हुने विदेश मन्त्रीहरूको बैठकमा भाग लिनेछन्। बैठकमा विभिन्न क्षेत्रहरूमाथि सहयोग र प्रमुख वैश्विक र क्षेत्रीय मुद्दाहरूमाथि विचार विमर्श हुनेछ।

विदेश मन्त्री डा. जयशंकरले बीजिंगमा आफ्ना चीनी समकक्ष वांग यीसॅंग द्विपक्षीय बैठक गर्नेछन्। यसपछि, उनी 14-15 जुलाईमा एससीओको विदेश मन्त्रीहरूको बैठकमा भाग लिनका लागि तियानजिन जानेछन्। एससीओ चाइना नेतृत्वधीन बहुपक्षीय समूह हो, जसमा भारत र पाकिस्तानसहित नौ स्थायी सदस्य सामेल छन्।

चाइनाको विदेश मन्त्रालयद्वारा जारी बयान अनुसार, भारत र चाइनाका विदेश मन्त्रीहरूबीच यस अवधि द्विपक्षीय सम्बन्धहरूलाई सामान्य बनाउने प्रक्रिया, अटोमोबाइलसहित विभिन्न उत्पादहरूको विनिर्माणको लागि आवश्यक दुर्लभ धातुहहरूमाथि कुराकानीको सम्भावना छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande