भोपाल, 13 जुलाई (हि.स.)। केन्द्र सरकारद्वारा घोषित वर्ष 2024 को स्वच्छ सर्वेक्षण पुरस्कारहरूमा मध्य प्रदेशले यस वर्षपनि आफ्नो विजय पताका फहराएको छ। प्रदेशका आठ शहरलाई यस राष्ट्रिय आयोजनमा सम्मानित गरिनेछ। विशेषगरी बुधनी र शाहगंज नगर परिषदलाई पुरस्कारहरूको निम्ति नामित गरिएको छ। यस उपलब्धीहरूमा केन्द्रिय कृषि मन्त्री शिवराज सिंह चौहानले बधाई दिएका छन्। उनले भनेका छन्, स्वच्छता नै सेवा हो....। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृतवमा ‘स्वच्छ भारत’ को सपना जन-जनको संकल्प बनिसकेको छ।
केन्द्रिय मन्त्री चौहानले आइतवार सोशल मीडिया एक्सको माध्यमले भनेका छन्, मलाई धेरै खुशी लागेको छ कि राष्ट्रिय पुरस्कारको निम्ति नामांकित गरिएको छ। बुधनी नगर परिषदलाई सुपर स्वच्छ लीग सिटी को नयाँ श्रेणीमा कन्सीसटेन्ट परफार्मरको रूपमा नामित गरिएको छ। यो उपलब्धी सतत प्रयास, जनभागीदारी र समर्पित प्रशासनको प्रमाण हो। साथै शाहगंज नगर परिषदलाई प्रेसिडेन्शियल अवार्डको प्रतिष्ठित श्रेणीमा चयनित गरिएको छ। यो उपलब्धी न केवल नगर निकायको प्रतिबद्धता र समर्पणको प्रमाण हो, तर नागरिकहरूको सक्रिय भागीदारी र सहयोगको उत्सव पनि हो। यसको निम्ति सबै क्षेत्रवासीहरू, नगरीय निकायहरूका अधिकारीहरू-कर्मचारीहरूलाई हार्दिक बधाई एवं शुभकामना दिँदछु। आशा छ, तपाईहरू आउने वर्षहरूमा पनि यसैगरी प्रेरणास्रोत बनिरहनेछन्।
ज्ञात होस्, केन्द्र सरकारद्वारा शनिवार वर्ष 2024 को स्वच्छ सर्वेक्षण पुरस्कारहरूको घोषणा गरिएको थियो। यसमा मध्य प्रदेशका आठ शहरहरूलाई आगामी 17 जुलाईमा नयाँ दिल्ली स्थित विज्ञान भवनमा आयोजित हुने एक गरिमामय समारोहमा स्वच्छता लीग सम्मान, राष्ट्रपति सम्मान, देश र राज्यहरूका विभिन्न श्रेणीहरूमा उत्कृष्ट प्रदर्शन गर्नका लागि सम्मानित गरिनेछ। कार्यक्रमको अध्यक्षता राष्ट्रपति द्रोपदी मुर्मूले गर्नेछिन्।
मध्य प्रदेशका आठ शहरमा सुपर लीग श्रेणीमा इन्दौर, उज्जैन र बुधनी छन्। यस श्रेणीमा केवल ती शहरलाई सामेल गरिन्छ, जसले गत तीन वर्षमा श्रेष्ठ प्रदर्शन गरेका छन् र उत्तरोत्तर प्रगतिका सम्भावनाहरू सृजित गरेका छन्। यसैगरी राष्ट्रपति सम्मान प्राप्त गर्ने शहरहरूमा भोपाल, देवास र शाहगंज सामेल छन्। यस बाहेक आवासन एवं शहरी कार्य मन्त्री मनोहर लाल खट्टरद्वारा प्रदेशको जबलपुर र ग्वालियरलाई उसका उल्लेखनीय प्रयासहरूका लागि सम्मानित गरिनेछ। फोहोर मुक्त शहरहरूको स्टार रेटिङ र ओडीएफ/ भोटर प्लसको परिणाम पनि त्यही दिन जारी गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी