तेलुगू फिल्महरूका दिग्गज अभिनेता कोटा श्रीनिवास रावको हैदराबादमा निधन
कोटा


हैदराबाद, 13 जुलाई (हि.स.)। वरिष्ठ अभिनेता कोटा श्रीनिवास राव (83) को आइतवार बिहान निधन भयो। उनी गत केही दिनदेखि बिरामी थिए औं आइतवार बिहानै फिल्मनगर स्थित आफ्नो आवासमा उनले अन्तिम सास लिए।

कोटा श्रीनिवास रावको जन्म 10 जुलाई 1942 मा कृष्ण जिल्लाको कांकीपाडुमा भएको थियो। उनले 1968 मा रूक्मिणीसित बिहे गरेका थिए। उनका दुई छोरी र एक छोरा छन्। उनको छोरा कोटा प्रसादको 21 जून 2010 मा एक सड़क दुर्घटनामा निधन भएको थियो।

फिल्म जगतमा पाइला टेक्न अगाड़ी उनी भारतीय स्टेट ब्याङ्कमा कार्यरत थिए। उनले तमिल, हिन्दी र कन्नड़ फिल्महरूमा अभिनय गरे। उनले 1978 मा तेलुगु फिल्म ‘प्रणाम खरीदु’ बाट फिल्म जगतमा अभिनेताको रूपमा आफ्नो करियरको शुरूआत गरे। आफ्नो चार दशकको फिल्मी यात्रामा उनले धेरै यादगार भूमिकाहरू निभाएका छन्। उनले 750 भन्दा धेरै फिल्महरूमा काम गरेका छन्।

उनले नौ नन्दी पुरस्कार प्राप्त गरिसकेका छन्। उनलाई फिल्महरू प्रतिघातना (1985), गायम (1993), थीर (1994), लिटिल सोल्जर्स (1996), गणेश (1998), चिन्ना (2000), पेलैना कोथालो (2006), आ प्रवर (2004) र पृथ्वी नारायण (2002) को निम्ति नन्दी पुरस्कार प्रदान गरियो। 2012 मा उनलाई फिल्म वन्दे जगद्गुरूमको निम्ति SIIMA पुरस्कार प्राप्त भयो। 2015 मा उनलाई तत्कालीन राष्ट्रपति प्रणब मुखर्जीको बाहुलीबाट पद्मश्री पुरस्कारले सम्मानित गरियो।

निर्देशक एवं निर्माता क्रान्तिकुमारले कोटा श्रीनिवास रावलाई पहिलो पल्ट ठूलो पर्दामा पहिलो अवसर दिए। कोटाले राजनीतिमा पनि आफ्नो भाग्य अजमाएका थिए। उनी 1999 देखि 2004 सम्म विजयवाड़ा पूर्व निर्वाचन क्षेत्रबाट भाजपा विधायक रहे।

कोटा श्रीनिवास राव एक प्रतिष्ठित अभिनेता थिए, जसले आफ्नो अभिनयद्वारा खनायक पात्रलाई एक नयाँ अर्थ दिएका छन्। धेरै वर्षहरूसम्म रंगमंच अभिनेताको रूपमा काम गरे। उनले तेलुगु सुपरस्टार कृष्णा, चिरंजीवी, बालकृष्ण, नागार्जुन, वेंकटेश, महेश बाबू, पवन कल्याण, साई धर्म तेज जस्ता टलीवुडका शीर्ष र युवा नायकहरूक साथ काम गरे। 'अहाना पोल्लानता!', 'प्रति घटना', 'यामुदिकी मोगुडु', 'खैदी नम्बर: 786', 'शिवा', 'बोब्बिलिराजा', 'यमलीला', 'संतोषम', 'बोम्मारिलु', 'अथाडु', 'रासु गुर्रम' जस्ता धेरै फिल्महरूले उनलाई राम्रो पहिचान दिलायो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande