भाजपा विधायक सुमित वानखेड़ेको गम्भीर आरोप- वर्धाको गान्धीवादी संस्थानहरूमा नक्सलीहरूको घुसपैठ
भाजपा विधायक सुमित वानखेड़ेको गम्भीर आरोप- वर्धाको गान्धीवादी संस्थानहरूमा नक्सलीहरूको घुसपैठ


नागपुर, 13 जुलाई (हि.स.)। भाजपा विधायक सुमित वानखेड़ेले गम्भीर आरोप लगाउँदै वर्धा जिल्लाका विभिन्न गान्धीवादी संस्थाहरूमा नक्सलीहरूको घुसपैठ भएको बताएका छन्। वर्धाका धेरै संस्थानहरूमा सेमिनार, बैठकहरू र प्रशिक्षण कार्यक्रमहरूको माध्यमले माओवादी विचारधाराको प्रचार गरिँदैछ। यसैले वानखेड़ेले राज्यमा शहरी माओवादी फ्रन्टल संगठन विरूद्ध कारबाहीको निम्ति महाराष्ट्र जन सुरक्षा विधेयकलाई आवश्यक बताए। उनले विश्वास व्यक्त गरे कि यो विधेयक पारित हुनसाथ छिट्टै उचित कारबाही गरिनेछ।

विधायक वानखेड़ेले भने, लोकसभा चुनाउमा भारत जोड़ो अभियानको माध्यमले नक्सलीहरूले अप्रत्यक्ष रूपमा महाविकास आघाड़ीको मद्दत गरेका थिए। अब त्यही मद्दतको सट्टा महाराष्ट्र जन सुरक्षा विधेयकको विरोध गरिँदैछ। विधायक वानखेड़ेले राज्यमा शहरी माओवादी फ्रन्टल संगठन विरूद्ध कारबाहीको निम्ति यस विधेयकलाई आवश्यक बताएका छन्।

विधायक वानखेड़े अनुसार, वर्धामा धेरै गान्धीवादी र सामाजिक संस्थाहरू शहरी नक्सलीहरूको प्रभावमा छन्। उसले 2047 सम्म भारतमा चीन जस्तो सशस्त्र शक्ति बनाउन चाहन्छ जबकि गान्धीजीको अहिंसाको सिद्धान्तमा देशलाई आजादी दिलाइयो र डा. बाबासाहेब अम्बेडकरले संविधान दिए तर नक्सली बन्दूकको बुतामा क्रान्ति ल्याउने प्रयास गरिरहन्छन्।

उनले आरोप लगाए, नक्सली विचारधारा भएका मानिसहरू महाविकास अघाड़ीको प्रचारको निम्ति लोकसभा चुनाउमा सक्रिय थिए। उनीहरूले युवाहरू, उकीलहरू र महिलाहरूबीच काम गर्ने विभिन्न फ्रन्टल संगठनहरूको मद्दतले चुनाउ प्रचार गरे औं एक झूटो कथा बनाए कि संविधान खतरामा छ। अब दलितहरू, आदिवासीहरू, बेरोजगार युवाहरू र गरीब किसानहरूमा सरकार विरोधी भावनाहरूलाई जन्माउने प्रयास गरिँदैछ। यस षड़यन्त्रलाई रोक्न एक कानूनी जरूरी छ।

उनले चेताउनी पनि दिए कि आज भाजपामा सत्तामा भएपनि भोली सत्ता परिवर्तन हुँदा पनि यी माओवादीले कसैलाई पनि नोकसान पुऱ्याउन सक्छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande