एआई-171 दुर्घटनाग्रस्त विमानमा कुनै तकनीकी समस्या भेटिएन- एयर इण्डिया सीईओ
क्याम्प


नयाँ दिल्ली, 14 जुलाई (हि.स.)। अहमदाबाद दुर्घटनाबारे विमान दुर्घटना जाँच ब्यूरो (एएआईबी) को रिपोर्टमा एयर इण्डियाका मुख्य कार्यपालक अधिकारी (सीईओ) केम्पबेल विल्सनले सोमवार पहिलो प्रतिक्रिया दिएका छन्। टाटा नेतृत्व विमानन कम्पनीका एमडीले भने, 12 जूनमा गुजरातमा दुर्घटनाग्रस्त विमान वा त्यसका इन्जिनमा कुनै यान्त्रिक वा रख-रखाव सम्बन्धी समस्या पाइएको छैन।

केम्पबेल विल्सनले कर्मचारीहरूलाई पठाएको एक आन्तरिक ई-मेलमा भनेका छन्, गत महिना अहमदाबादमा भएको विमान दुर्घटनामा एएआईबीको प्रारम्भिक रिपोर्टमा धेरै कुरा स्पष्ट भएको छ। प्रारम्भिक रिपोर्टमा न त कुनै कारण बताइयो न त कुनै सुझाउ दिइएको छ। विमानको ईन्धनको गुणवत्तामा कुनै समस्या थिएन र टेक-अफ रोलमा कुनै असामान्यता थिएन।

उनले एयर इण्डियाका कर्मचारीहरूलाई यस सन्देशमा भने, पायलटहरूले उड़ानअघि ब्रेतलाइजर परीक्षण पास गरेका थिए। उनीहरूको चिकित्सा जाँचमा कुनै पनि चिन्ताजनक कुरा अघि आएको थिएन। विल्सनले कर्मचारीहरूसित हतारमा कुनै निष्कर्ष ननिकाल्ने अपील गरेका छन् किनभने जाँच अहिले पूरा भएको छैन। हामी जाँचकर्ताहरूको साथ सहयोग गरिरहनेछौं, उनले भने।

वस्तुतः विमान दुर्घटना जाँच ब्यूरो (एएआईबी) ले 12 जूनमा गुजरातमा दुर्घटनाग्रस्त विमानमा शनिवार आफ्नो प्रारम्भिक रिपोर्ट जारी गरेको थियो। यस विमान दुर्घटनामा 260 जना मारिएका थिए। अहमदाबाददेखि लन्दन गेटविक गइऱहेको यो विमान उड़ान भरेको तुरन्तै दुर्घटनाको शिकार भएको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande