छत्तीसगढ़- प्रेशर आईईडीको चपेटमा परेर एक बालिका सहित तीन ग्रामीण घाइते
छत्तीसगढ़- प्रेशर आईईडीको चपेटमा परेर एक बालिका सहित तीन ग्रामीण घाइते


रायपुर, 14 जुलाई (हि.स.)। छत्तीसगढ़को बस्तर अंचलको बीजापुर जिल्लामा हिजो साझँ च्याउँ टिप्न गएका ग्रामीणको माओवादीहरूद्वारा लगाइएको प्रेशर आईईडीमा खुट्टा पर्दा धमाकामा भयो जसमा एक बालिका सहित तीन ग्रामीण घाइते भए।

बीजापुर पुलिस अधीक्षक अजय यादवले सोमवार जानकारी दिए, हिजो अबेर साझँ थाना मद्देड़ ग्राम धनगोलको जंगलमा ग्रामीणहरूले च्याउ टिपिरहेका थिए, तब उनीहरूमध्ये एकको खुट्टा पहिलेदेखि प्लान्ट गरिएको आईईडीमा पऱ्यो, जसबाट जोडदार धमाका भयो। यस घटनामा कविता कुड़ियम पिता नागैया (16) निवासी धनगोल, थाना – मद्देड़, जिल्ला-बीजापुर, कोरसे सन्तोष पिता लच्छा (26) निवासी धनगोल, थाना – मद्देड़, जिल्ला – बीजापुर एवं चिड़ेम कन्हैया पिता किस्टैया (24) निवासी धनगोल, थाना – मद्देड़, जिल्ला – बीजापुर घाइते भए। विस्फोटको कारण ग्रामीणहरूको खुट्टा एवं अनुहारमा चोट लागेको छ। उनीहरूलाई उपचारको निम्ति राति नै बीजापुरको जिल्ला अस्पतालमा भर्ती गराइएको छ, जहाँ उनीहरूको उपचार चलिरहेको छ।

पुलिस अधीक्षकले जंगल क्षेत्रहरूमा घुमेको समय विशेष सतर्कता अपनाउने एवं कुनैपनि संदिग्ध वस्तु वा गतिविधिको जानकारी तत्काल पुलिस थाना वा निकटतम सुरक्षा क्याम्पलाई दिने अपील गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande