नयाँ दिल्ली, 14 जुलाई (हि.स.)। प्रो. असीम कुमार घोषलाई हरियाणा र पी. अशोक गजपति राजूलाई गोवाको राज्यपाल नियुक्त गरिएको छ। जम्मू-कश्मीरका पूर्व उपमुख्यमन्त्री कविन्द्र गुप्तालाई केन्द्र शासित प्रदेश लद्दाखको उप राज्यपाल बनाइएको छ।
राष्ट्रपति सचिवालयले सोमवार एक विज्ञप्तीमा बतायो, राष्ट्रपतिले केन्द्रशासित प्रदेश लद्दाखका उप राज्यपाल पदबाट ब्रिगेडियर (सेनि.) बीडी मिश्राको राजीनामा स्वीकार गरेकी छन्। उनको स्थानमा कविन्द्र गुप्तालाई लद्दाखको उपराज्यपाल बनाइएको छ। नयाँ नियुक्तिहरू पदभार ग्रहण गरेको तारिकदेखि प्रभावी हुनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी