उज्जैन, 14 जुलाई (हि.स.)। देशका 12 ज्योतिर्लिंगहरूमध्ये एक विश्व प्रसिद्ध श्री महाकालेश्वर मन्दिरमा सात दिनमा (13 जुलाईसम्म) 11 लाखभन्दा धेरै श्रद्धालु पुगे। यस अवधिमा बिहान छह बजीदेखि रात्रि पट बन्द हुञ्जेलसम्म कूल 11,06,270 भक्तले भगवान महाकालेश्वारको दर्शन गरे। साथै लगभग 26,996 भक्तले भस्म आरतीको दर्शन गरे। यो जानकारी श्री महाकालेश्वर मन्दिर प्रबन्ध समितिका प्रशासक एवं अपर कलेक्टर प्रथम कौशिकले दिए।
उनले भने, आज श्रावण महिलाको प्रथम सोमवार 4,498 श्रद्धालुले श्री महाकालेश्वर भगवानको भस्म आरतीमा दर्शन गरे। श्री महाकालेश्वर मन्दिर प्रबन्ध समितिले दर्शनार्थीहरूका लागि सुगम दर्शनको व्यवस्था गरेको छ। दर्शन, अन्य जानकारी एवं शिकायतको निम्ति श्री महाकालेश्वर मन्दिर टोल फ्री नम्बर 18002331008 मा सम्पर्क गर्न सकिन्छ।
हिन्दुस्थान समाचार / भवानी थामी