गान्धीनगर, 14 जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मस्थान वडनगरलाई वैश्विक स्तरको पर्यटन स्थलको रूपमा विकसित गर्न गुजरात सरकारद्वारा महत्वाकांक्षी कदम उठाइएदैछ। अब वडनगरलाई गुजरातको पहिलो ‘स्लम फ्री सिटी’ शहर बनाउने परियोजना शुरू गरिएको छ, जसबाट शहरको एतिहासिक पहिचान बनिरहनेछ साथै आधुनिक विकास पनि हुनेछ।
निम्नलिखित कार्य गरिनेछः
-वडनगर शहरको कूल 300 भन्दा धेरै परिवारहरूलाई नयाँ घरमा पुनर्वासित गरिनेछ।
-विकास कार्यको निम्ति 15 भन्दा धेरै क्षेत्रहरूबाट लगभग 7 करोड़ रुपियाँ मूल्यको जमीन मुक्त गराइनेछ।
-पुनर्वासको निम्ति पालिकाद्वारा भूमि आवंटनलाई अनुमति दिइएको छ र अब मनसूनपछि तीव्र गतिमा कार्य शुरू गरिनेछ।
कसले र के लाभ पाउने?
-प्रत्येक झुग्गीवासीलाई 50 वर्ग मीटरको प्लट र पक्का घर प्रदान गरिनेछ।
-तबसम्म सरकारले भाड़ाको राशि दिनेछ।
-नयाँ क्षेत्रहरूमा पूर्ण सुविधाहरूको साथ आवास, सड़क, पानी, कम्युनिटी हल आदिको निर्माण गरिनेछ।
राजनीतिक र प्रशासनिक ढांचा:
यस विकास योजनाको निम्ति एक विशेष समितिको गठन गरिएको छ, जसमा मेहसाणाका कलेक्टर अध्यक्षको रूपमा र प्रादेशिक आयुक्त सहित विभिन्न अधिकारी सदस्यको रूपमा सामेल छन्। पालिका, नगर नियोजन अधिकारी र चीफ अफिसरलाई पनि समितिमा सामेल गरिएको छ।
जमीन मुक्त गराउने स्थान:
1. सोमनाथ मन्दिर सामू (4717.09 वर्ग मीटर)
2. निकटको देवपूजक वास (1943.46 वर्ग मीटर)
यसको साथ कूल 15 क्षेत्रमा लगभग 45,722 वर्ग मीटर जमीन मुक्त गराइनेछ।
दुई वर्षमा वडनगरको अनुहार बदलिनेछ
यस विकास योजना अन्तर्गत दुई वर्षमा वडनगरको कायाकल्प देख्न पाइनेछ। परम्परा र आधुनिकताको समन्वयको साथ वडनगर अब केवल एक ऐतिहासिक नगरी रहनेछैन तर गुजरातको एक मोडल हेरिटेज र टूरिजम सिटीको रूपमा पहिचान बनाउनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी