नयाँ दिल्ली, 14 जुलाई (हि.स.)। काशी, हरिद्वार र उज्जैनदेखि लिएर देशभरि आज सावनको पहिलो सोमवारको धूम छ। मानिसहरू बिहानदेखि पवित्र जलधाराहरूमा स्नान र डुबकी लगाएर देवहरूका देव महादेवको जलाभिषेक र रूद्राभिषेक गरिरहेका छन्। शिवालयहरू र अन्य मन्दिरहरूमा शिव दर्शनको निम्ति कतार लागेको छ। चारै दिशामा हर-हर महादेव गूञ्जिरहेको छ। भगीरथको तपस्याले धरतीमा उर्लिएकी माँ गंगा नदीको तटीय शहरहरू, कस्बा र गाउँहरूका पवित्र घाटहरूमा भोर बिहान तीन-चार बजीदेखि मानिसहरूले डुबकी लगाएर भगवान शंकरलाई जल चढ़ाइरहेका छन्। यसबीच अमरनाथ तीर्थयात्रीहरूको दुर्गम यात्रा जारी छ।
दक्षिणको राज्य तमिलनाडूको मदुरैको थिरूपरनकुन्द्रममा सुब्रमण्यम स्वामी मन्दिरमा कुम्भभिषेकमको आय़ोजन गरिएको छ। उत्तर प्रदेशको अयोध्यामा क्षीरेश्वर नाथ मन्दिरमा श्रद्धालुले पूजा-अर्चना गरिरहेका छन्। वाराणसीको काशी विश्वनाथ मन्दिरमा श्रद्धालुहरूको भीड़ लागेको छ। राष्ट्रिय राजधानी दिल्लीको चान्दनी चौक स्थित गौरी शंकर मन्दिरमा खुट्ट राख्ने ठाउँ छैन। मानिसहरू धैर्यपूर्वक जलाभिषेकको निम्ति अगाड़ी बढ़िरहेका छन्। देशभरिका शिवालयहरूमा लगभग यस्तै दृश्य छ। उत्तराखण्डको हरिद्वारमा माँ गंगामा मानिसहरूले डुबकी लगाइरहेका छन्। यहाँको दक्षेश्वर महादेव मन्दिरमा श्रद्धालुहरूको भीड़ लागेको छ।
मध्य प्रदेशको उज्जैनमा सावनको पहिलो सोमवार भगवान शिवको 12 ज्योतिर्लिंगमध्ये एक महाकालेश्वर मन्दिरमा बाबा महाकालको भस्म आरती गरियो। सर्वप्रथम बाबालाई जलले स्नान गराइयो। यसपछि दूध, दही, घिउँ, मह र फलहरूले पंचामृत अभिषेक गरियो। फेरि बाबाको भस्म आरती गरियो। यस अवधि मन्दिर वैदिक मन्त्रोच्चार, शंख, घन्टीहरू र भजनहरूको ध्वनिले गूञ्जियो।
उत्तर प्रदेशको वाराणसीको काशी विश्वनाथ मन्दिरमा भगवान शिवको दर्शनको निम्ति भक्तहरूको भीड़ लागेको छ। श्रद्धालुहरूको भारी भीड़ देखेर मन्दिरमा सुरक्षा बढ़ाइयो। वाराणसीका पुलिस आयुक्त मोहित अग्रवालले भने, कांवड़ तीर्थयात्रीहरूका लागि छुट्टै मार्गको व्यवस्था गरिएको छ। मन्दिर वरपरका क्षेत्रहरूमा ड्रोनहरूले निगरानी गरिँदैछ। प्रदेशको राजधानी लखनऊको मनकामेश्वर मन्दिरमा पनि श्रद्धालुहरूले जलाभिषेक गरिरहेका छन्। गाजियाबादको दूधेश्वर महादेव मन्दिरमा बिहानैदेखि जलाभिषेकको निम्ति श्रद्धालु कतारबद्ध छ।
यस बाहेक ओडिशाका विख्यात बलुवा कलाकार सुदर्शन पटनायकले सावनको सोमवारको पूर्व सन्ध्यामा पूरीको समुद्र तटमा बलुवाले भगवान शंकरको कलाकृति बनाए। जम्मू-कश्मीरको पहलगामको नुनवान आधार शिविरबाट अमरनाथ यात्राको निम्ति श्रद्धालुहरूको 12औं टोली हिँड़ेको छ।
उल्लेख्य, यो तीर्थयात्रा पहलगाम मार्ग र बालटाल मार्गबाट एकसाथ भइरहेको छ। यस साल श्रावण मास 11 जुलाईदेखि शुरू भएको छ। यो 9 अगस्तमा समाप्त हुनेछ। सावन मास भगावन शिवको सबैभन्दा प्रिय महिना हो।
हिन्दुस्थान समाचार / भवानी थामी