दिग्गज अभिनेत्री सरोज देवीको 87 वर्षको आयुमा निधन
अभि


चेन्नई, 14 जुलाई (हि.स.)। तमिल सिनेमाले एक महान हस्ती गुमाएको छ। दिग्गज अभिनेत्री बी सरोजा देवीको 87 वर्षको आयुमा सोमवार बेङ्गलुरूको मल्लेश्वरम स्थित उनको आवासमा आयुसित सम्बन्धित रोगहरूको कारण निधन भयो।

07 जनवरी 1938 मा बेङ्गलुरूमा जन्मेकी सरोज देवी दक्षिण भारतीय फिल्म उद्योग, विशेष रूपमा तमिल र कन्नड़ सिनेमामा एक चर्चित नाम थिइन्। छह दशकभन्दा अधिकको आफ्नो करियरमा उनले लाखौं प्रशंसकहरूको मनमा अमेट छाप छोड़िन्।

उनले आफ्नो करियरमा कन्नड़, तमिल, तेलुगु र हिन्दी भाषाहरूमा 200 भन्दा धेरै फिल्महरू गरेकी थिइन्। उनी तमिल सिनेमाकी प्रमुख अभिनेत्री थिइन्, जसले नडोडी मन्नन (1958), थाई सोल्लई थट्टाधे र एंगा वीट्टू पिल्लई जस्ता उल्लेखनीय फिल्महरूमा काम गरिन्। उनले एमजी रामचन्द्रनको साथ लगातार 26 हिट फिल्म दिइन्। उनले कम उमेरमा आफ्नो करियरको शुरूआत गरिन् औं आफ्नो मनमोहक प्रस्तुतिहरूले छिट्टै नै प्रसिद्धि हासिल गरिन्। उनले धेरै प्रतिष्ठित फिल्महरूमा काम गरिन् र आफ्नो समयका दिग्गज अभिनेताहरूको साथ जोड़ी बनाइन्।

उनको अन-स्क्रीन उपस्थिति र बहुमुखी प्रतिभाले उनलाई व्यापक प्रशंसा दिलायो र उनी आफ्नो युगको सबैभन्दा प्रसिद्ध अभिनेत्रीहरूमध्ये एक बनिन्।

आफ्नो शानदार करियरमा उनले सिनेमामा आफ्नो योगदानको निम्ति धेरै पुरस्कार र सम्मान प्राप्त गरिन्, जसमा 1969 मा पद्म श्री, 1992 मा पद्म भूषण र बेङ्गलोर विश्वविद्यालयबाट मानद डाक्टरेट उपाधि सामेल छ। उनको विरासतले आजपनि उदियमान अभिनेता र अभिनेत्रीहरूलाई प्रेरित गर्दछ र उनका फिल्महरूको आज पनि सराहना गरिन्छ।

उनले निधनको खबरले फिल्म उद्योगमा शोकको लहर दौड़ेको छ। प्रशंसक, सहकर्मी र शुभचिन्तकले उनको उल्लेखनीय जीवन र करियरलाई श्रद्धाञ्जली दिइरहेका छन्।

दिग्गज अभिनेता रजनीकान्तले सोशल मीडिया एक्समा लेखेका छन्, लाखौं प्रशंसकहरूको मनमा राज गर्ने महान अभिनेत्री सरोजा देवी अब हामीबीच रहिनन्। ईश्वरले उनको आत्मालाई शान्ति प्रदान गरून्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande