नयाँ दिल्ली, 16 जुलाई (हि.स.)। विश्वको 120 भन्दा धेरै देशहरूमा हरेक साल 17 जुलाईमा अन्तरराष्ट्रिय न्याय दिवस पालन गरिन्छ। यस अवसरमा अन्तरराष्ट्रिय आपराधिक न्यायालयको प्रासंगिकतामाथि विचार-विमर्श गरिन्छ।
ज्ञात होस्, 18 जुलाई 1998 मा अन्तरराष्ट्रिय आपराधिक न्यायालयको स्थापना गरिएको थियो। यो अदालतले गम्भीर अपराधहरूको मामिलामा सुनवाई गर्दछ। पहिलो जुलाई 2002 देखि यस अदालतले आफ्नो कामकाज शुरू गऱ्यो। यद्यपि, भारत अन्तरराष्ट्रिय आपराधिक न्यायालयको स्थापनाको निम्ति रोममा भएको सन्धिदेखि अलग छ।
1945 मा संयुक्त राष्ट्रसंघ बनेदखि नै यस अदालतको स्थापना गरिने प्रयास भइरहेको थियो। 09 दिसम्बर 1948 मा संयुक्त राष्ट्रसंघले यसबारे पहिलो पल्ट एक संकल्प पत्र सामू राख्यो। यसमा भनियो, इतिहासमा नरसंहार जस्तो क्रूर घटनाहरूले मानवताको धेरै नोकसान गरेको छ। मानव जातिलाई यस प्रकारको जघन्य संकटदेखि मुक्त गर्न अन्तरराष्ट्रिय सहयोग आवश्यक छ। यस संकल्पमा नरसंहारलाई अन्तरराष्ट्रिय अपराध मानियो। अन्तरराष्ट्रिय आपराधिक न्यायालयको मुख्यालय हेगमा छ।
महत्वपूर्ण घटनाचक्र
1489: निजाम खानलाई सिकन्दर शाह लोदी द्वितीयको नामले दिल्लीको सुल्तान घोषित गरियो।
1712: इङ्गल्याण्ड, पुर्तगाल र फ्रान्सले युद्धविराम सन्धिमा हस्ताक्षर गरे।
1850: हार्वर्ड वेधशालाले ताराको पहिलो फोटोग्राम लियो।
1893: इङ्गल्याण्डका आर्थर श्रेव्सबरी टेस्ट क्रिकेटमा 1000 रन बनाउने पहिलो क्रिकेटर बने।
1919: यूरोपीय देश फिनल्याण्डमा संविधानलाई स्वीकृति प्रदान गरियो।
1929: सोवियत संघले चीनको साथ कूटनीतिक सम्बन्ध समाप्त गऱ्यो।
1943: ब्रिटेनको रोयल एयर फोर्स (आरएएफ) ले जर्मनीको पीनमुन्दे रकेट बेसमा हमला गऱ्यो।
1948: भारतमा महिलाहरूले भारतीय प्रशासनिक सेवा र भारतीय पुलिस सेवा समेत सबै सार्वजनिक सेवाहरूमा भर्ती हुने पात्रता पाए।
1950: पञ्जाबको पठानकोट शहर नजिक भारतको पहिलो यात्री विमान दुर्घटना।
1987: ईरान र फ्रान्सबीच राजनयिक सम्बन्ध विच्छेद।
1994: धूमकेतू शुमेकर लेवी-9 को पहिलो टुक्रा बृहस्पतिसित ठोकियो।
1995: फोर्ब्स पत्रिकाले माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई विश्वको सबैभन्दा धनी व्यक्ति घोषित गऱ्यो।
2002: रूसकी स्वेतलाना फीफाप्रोवाले पोल वल्ट स्पर्द्धामा नयाँ यूरोपीय रेकार्ड कायम गरिन्।
2003: उत्तर पूर्व कांगोको दुनिया शहरमा जातिय हिंसामा 54 मानिस मारिए।
2006: कैप कनैवरल (फ्लोरिडा) को स्पेस सेन्टरमा आफ्नो 13 दिनको अन्तरिक्ष यात्रा पूरा गरी डिस्कवरी अन्तरिक्ष यान पृथ्वीमा सकुशल उत्रियो।
2008: अफगानिस्तानमा नाटो सेनाहरूले पाकिस्तानमा लुकेका आतङ्कीहरूमाथि मिसाइल र हेलीकप्टरहरूले हमला गरे।
2014: मलेशियन एयरलाइन्सको फ्लाइटलाई रूस समर्थक पृथकतावादीहरूले मिसाइलको माध्यमले खसाल्यो। हमलामा फ्लाइटका सबै 283 यात्रीको मृत्यु।
जन्म
1943: परमवीर चक्र सम्मानित भारतीय सैनिक फ्लाइंग अफिसर निर्मलजीत सिंह सेखों।
1969: हिन्दी र भोजपुरी फिल्महरूका अभिनेता रवि किशन।
1997: भारतीय महिला फ्रीस्टाइल पहलवान पूजा सिहाग।
निधन
1928: उत्तर प्रदेशका पूर्व राज्यपाल, गवर्नर जनरलको गृह विभागको समितिका सदस्य अलेक्जेन्डर मडीमैन।
1992: प्रसिद्ध अभिनेत्री, गायिका र फिल्म निर्माता कानन देवी।
2005: भारतीय रिजर्भ ब्याङ्कका पूर्व गवर्नर आईजी पटेल।
2018: चर्चित अभिनेत्री रीता भादुड़ी।
2020: प्रसिद्ध भारतीय फिल्म निर्देशक रजत मुखर्जी।
हिन्दुस्थान समाचार / भवानी थामी