एनआरआईको गाड़ीको ठक्करले भयो वृद्ध धावक फौजा सिंहको मृत्यु, आरोपी पक्राउ
फौजा


चण्डीगढ़, 16 जुलाई (हि.स.)। पञ्जाब पुलिसले विश्वका सबैभन्दा वृद्ध मैराथन धावक फौजा सिंहलाई ठक्कर दिने वाहन चालकलाई मंगलवार राति पक्राउ गऱ्यो। आरोपीको पहिचान करतारपुरको दासपुर निवासी एनआरआई अमृतपाल सिंह ढिल्लों (26) को रूपमा गरिएको छ। उसको वाहन पनि जफत गरिएको छ। आरोपी लगभग एक हप्ता अगाड़ी कनाडाबाट फर्केको थियो।

पुलिस अनुसार, 114 वर्षीय फौजा सिंह जालन्धर स्थित आफ्नो पैतृक गाउँ ब्यास पिन्डमा सोमवार साझँ घुम्न निस्केका थिए, तब आरोपी ढिल्लोंको वाहनले उनलाई ठक्कर दियो। ढिल्लों त्यस समय भोगपुरदेखि किशनगढ़ गइऱहेको थियो। दुर्घटनामा फौजा सिंहलाई गम्भीर चोट लाग्यो र त्यही दिन अस्पतालमा उनको मृत्यु भयो। ग्रामीणहरू अनुसार, ठक्कर यति जोडदार थियो कि फौजा सिंह पाँचदेखि सात फुटसम्म हावामा उछिटिएका थिए।

पुलिसले आरोपी अमृतपालको निशानदेहीमा आज बिहान फर्च्यूनर जफत गरेको छ। अहिलेसम्म फौजा सिंहको अन्तिम संस्कार हुनसकेको छैन। उनका अधिकतर परिवारका सदस्य कनाडा र इङ्गल्याण्डमा बस्छन्। उनीहरू बिहिवारसम्म यहाँ आइपुग्ने सम्भावना छ।

जालन्धरका एसएसपी हरविन्दर सिंह विर्कले बताए, जाँचमा एक फर्च्यूनर गाड़ीको पहिचान मंगलवार अबेर साझँ गरियो। नम्बरबाट थाहा लाग्यो कि गाड़ी कपूरथलाको अठौली गाउँ निवासी वरिन्दर सिंहको नाममा रजिस्टर्ड छ। वरिन्दर सिंहसित सोधपुछमा थाहा लाग्यो कि कनाडाबाट आएको अमृतपाल सिंह ढिल्लोंले उसको कार किनेको थियो।

आरोपी अमृतपालको पिताको निधन भइसकेको छ। उसका तीन बहिनी छन् र आमा कनाडामा बस्छिन्। पुलिस सोधपुछमा उसले आफ्नो अपराध स्वीकार गरेको छ। उसले बतायो, उ मुकेरियां साइडबाट आफ्नो फोन बेचेर फर्किरहेको थियो। ब्यास पिन्ड नजिक पुग्दा एक बुजुर्ग उसको गाड़ीको चपेटमा पऱ्यो। उसलाई यो थाहा थिएन कि चपेटमा आएका बुजुर्ग फौजा सिंह हुन्।

दुर्घटनापछि पुलिसले आरोपी चालक विरूद्ध भारतीय न्याय संहिता (बीएनएस) को धारा 281 (लापरवाहीले वाहन चलाउनु) र धारा 105 (अनइन्टेन्शनल हत्या) अन्तर्गत मामिला दर्ता गरेको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande