ताइपे (ताइवान), 16 जुलाई (हि.स.)। ताइवान स्वतन्त्र राष्ट्र हुनु चीनलाई सहन गर्नु गाह्रो परिरहेको छ। ताइवान चीनको हिस्सा बनोस् भन्ने उसको भऱसक प्रय़ास छ। उ लामो समयदेखि यही प्रयामा छ। ताइवानको आकाशमा चीनका लड़ाकू विमानहरू मडारिरहन्छन्। ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले भन्यो, आज बिहान देशको हवाई र जल क्षेत्रमा चीनको सैन्य गतिविधिहरू देखियो।
ताइवानको राष्ट्रिय रक्षा मन्त्रालय (एमएनडी) ले एक्स पोस्टमा भनेको छ, आज बिहान 6 बजी (स्थानीय समय) चीनका 18 सैन्य विमान, सात नौसैनिक जहाज र दुई आधिकारिक जहाज देखियो। 18 सैन्य विमानमध्ये छह मध्य रेखालाई नाघेर देशको उत्तरी, मध्य, दक्षिण-पश्चिमी र पूर्वी वायु रक्षा पहिचान क्षेत्र (एडीआईजेड) मा छिरे।
चीनको कारबाहीको जवाफमा सशस्त्र बलहरूले सैन्य विमान, नौसैनिक जहाज र तटीय मिसाइल प्रणालीहरू तैनाथ गऱ्यो। रक्षा मन्त्रालयले एक अन्य एक्स पोस्टमा भनेको छ, मन्त्री वेलिङ्गटन कूले हिजो राति रन-वे को मरम्मतीमा जुटेका सैनिकहरूको हालचाल सोध्न हुआलिएनको दौड़ाह गरे।
हिन्दुस्थान समाचार / भवानी थामी