चण्डीगढ़, 17 जुलाई (हि.स.)। बीएसएफले पाकिस्तानको तर्फबाट ड्रोनद्वारा भारत-पाक सीमामा झारिएको हेरोइनको 15 प्याकेट जफत गरेको छ। जफत गरिएको लगभग साढ़े सात किलो हेरोइनको अन्तरराष्ट्रिय मार्केटमा मूल्य करोड़ौं रूपियाँ छ।
बीएसएफ प्रवक्ताले बताए, फिरोजपुरको हुसैनी वाला बर्डर नजिक गाउँ टेन्डी वाला र जल्लोके नजिक बग्ने सतलुज नदीको किनारमा एउटा खेतमा हेरोइनको 15 प्याकेट जफत गरिएको छ। राति पाकिस्तानी ड्रोनले हेरोइनको खेप फ्याँकेर गएको थियो।
बीएसएफलाई ड्रोनको मूवमेन्ट थाहा लागेको थियो। बिहिवार बिहान बीएसएफ र पुलिसले सम्बन्धित ठाउँहरूमा सर्च अभियान चलायो। त्यहाँबाट पहेलो रंगको टेपमा बेरिएको हेरोइनका 15 प्याकेट भेटियो र एक प्याकेटको ओजन लगभग आधा किलो बताइएको छ। बीएसएफले अन्य ठाउँमा पनि सर्च अभियान चलाएको छ किनभने थप हेरोइनको प्याकेट भेटिने सम्भावना छ।
हिन्दुस्थान समाचार / भवानी थामी