न्यायिक परीक्षाहरूमा बोड़ो भाषालाई सामेल नगरेको विरोधमा आब्सूको राज्यव्यापी विरोध प्रदर्शन
न्यायिक परीक्षाहरूमा बोड़ो भाषालाई सामेल नगरेको विरोधमा आब्सूको राज्यव्यापी विरोध प्रदर्शन


कोकराझार (असम), 17 जुलाई (हि.स.)। असमको कोराझारमा अल बोडो स्टुडेण्ट्स यूनियन (आब्सू)-ले बिहीवार राज्यव्यापी प्रदर्शन गर्दै असम न्यायिक सेवा परीक्षाहरूमा बोड़ो भाषालाई सामेल नगरेकोमा कड़ा निन्दा गऱ्यो।

आब्सूको नेतृत्वमा आज असम सरकार औ गौहाटी उच्च न्यायालय, दुवैमा संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त संवैधानिक मान्यता प्राप्त बोड़ो भाषालाई अदेखा गरेको आरोप लगाउँदै कोकराझारको जेडी रोड क्षेत्रमा विराट विरोध प्रदर्शन गरियो जहाँ प्रदर्शनकारीहरूले असम न्यायिक सेवा भर्ती विज्ञापनका प्रतिहरू जलाए। आब्सू नेताहरूले अधिकारीहरूमाथि बोड़ो भाषालाई लगातार उपेक्षा गरेको आरोप लगाए जसलाई असमको एक सहयोगी आधिकारिक भाषाको दर्जा प्राप्त छ।

मीडियासित बातचित गर्दै आब्सूका सहायक महासचिव स्वम्द्वन ब्रह्मले भने, हाम्रो माग स्पष्ट र न्यायोचित छ। सबै प्रासंगिक प्रतियोगी परीक्षाहरूमा बोड़ो भाषालाई सामेल गरियोस्। विद्यार्थी संगठनले विशेष ग्रेड III असम न्यायिक सेवा परीक्षामा 50 अंकको प्रश्नपत्रलाई असमियासँगसँगै बोड़ो भाषामा पनि उपलब्ध गराउने माग गरिरहेको छ। यस अतिरिक्त आब्सूले आग्रह गऱ्यो, असम प्रशासनिक सेवा अन्तर्गत तथा गौहाटी उच्च न्यायालयको हेरचाहमा जिल्ला न्यायालयहरूमा कनिष्ठ प्रशासनिक सहायक पदको लागि 20 अंकको भाषागत प्रश्न पत्र पनि बोड़ोमा उपलब्ध गराइयोस्।

ब्रह्मले भने, यो केवल भाषाको मामिला होइन, यो मौलिक अधिकार अनि समान पहुँचको मामिला पनि हो। बोड़ो माध्यमका उम्मेद्वारहरूलाई आफ्नो भाषामा परीक्षा दिने अवसर व्यवस्थित रूपमा नकार्नु पूर्ण रूपले बहिष्कारको नीति हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande