दार्जिलिङ, 17 जुलाई (हि.स.)।पहाडमा खन्दै त्यसै राखिएका ठाउँहरूका कारण प्राकृतिक प्रकोपको घटना घट्ने गर्दछ, यद्यपि यो खन्ने कार्य जनसाधारणको मांगमा नै गरिएको हुन्छ। तर पनि यस विषयमा जिल्ला शासक र आपदा प्रबन्धन विभागसित बसेर केही नियम बनाउन आवश्यक रहेको देखिएको छ। उक्त कुरा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले आज भनेका हुन्।
उनले दार्जिलिङ जिल्ला अन्तर्गत बिजनबारी खण्डको गोक एक ग्राम पञ्चायतको लोवर गोकमा ढुङ्गाले थिचेर मृत्यु भएको खरसाङको सिंगेल चियाबारी अन्तर्गत कोठीधुरा निवासी एक व्यक्तिको पोस्टपोर्टमको समय दार्जिलिङमा पत्रकारहरुलाई सम्बोधन गर्दै उक्त कुरा भनेका हुन्।
उनले भने, 'यो नहुने घटना घटेको छ किनभने यो पैह्रो आएर घटना घटेको होइन। माथिबाट ढुङ्गा झरेको समय नै उहाँहरु त्यहाँ रहेको हुॅंदा यस्तो घटना घटेको छ। अब उहाँहरुको काम सकेर अघि बढ्नुपर्छ। मुख्य रुपमा पहाडमा अलिकति खनाई प्रक्रियाले पनि बर्खामा डिजास्टरको रुप लिन्दैछ र खनेर छोडेको कारणले यस्तो घटना हुनसक्ने सम्भावना हुन्छ।'
---------------
हिन्दुस्थान समाचार / हनोक