कोलकाता, 17 जुलाई (हि.स.)। उत्तर प्रदेशबाट आएका तिर्थ यात्रीहरूको बसलाई पश्चिम बंगालको बीरभूम जिल्लामा बुधवार घण्टौंसम्म रोकिएपछि मामिला तातिएको छ। बसमा सवार श्रद्धालुहरूले आरोप लगाए, उनीहरूलाई मल्लारपुरमा बिहानदेखि रातीसम्म सताइयो। कुनै ठोस कारण बिनै रोकेर राखियो। अर्कोतिर परिवहन विभागले यी आरोपहरूलाई अस्वीकार गर्दै भन्यो, बससित बंगालमा प्रवेश गर्नको लागि आवश्यक परमिट थिएन।
परिवहन अधिकारीहरूले मल्लारपुरस्थित किसान मण्डीमा बसलाई अपरान्ह लगभग एक बजी रोके अनि राति दश बजीसम्म त्यहाँ राखे। यसावधि अधिकारीहरूले बस चालकद्वारा प्रस्तुत दस्तावेजहरूलाई नक्कली बताउँदै एक लाख 94 हजार 450 रुपियाँ जरीमाना लगाए। बस चालकले दाबी गऱ्यो, उसलाई इस्लामपुर चेकपोस्टबाट वैध चलान दिइएको थियो, तर विभागीय निरीक्षकहरूले त्यसलाई अमान्य ठहर गरे।
घटनाको विरोधमा भाजपाका स्थानीय नेता औ समर्थकहरूले राती नै राष्ट्रिय राजमार्ग-14 स्थित मल्लारपुर नजिक सड़कमा भेला भएर बाटो जाम गरिदिए। उनीहरूको आरोप थियो, तिर्थ यात्रीहरूसित दुर्व्यवहार भएको छ। पछि मल्लारपुर थानाको पुलिस घटनास्थलमा पुगेर तिर्थ यात्रीहरूको लागि भोजन अनि पानीको व्यवस्था गरिदियो। साथै हस्तक्षेप गरी प्रदर्शनलाई समाप्त गऱ्यो।
पुलिस सूत्र अनुसार बस मालिकले यो लिखित रूपमा दिएको छ, उत्तर प्रदेश फर्किएपछि उसले बंगाल प्रवेशको परमिटको शुल्क भुक्तान गर्नेछ। त्यसपछि अबेर राती बसलाई छोड़ियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा