कोलकाता, 17 जुलाई (हि. स.)। प्रवर्तन निदेशालय (ईडी)- को कोलकाता क्षेत्रीय एकाईले मनी लण्ड्रिंग मामिलामा कुर्की गरिएको 9.56 करोड़ रूपियाँको सम्पत्ति वैध दाबेदारलाई फर्काइदिएको छ। यो सम्पत्ति काउशिक ग्लोबल लजिस्टिक्स लिमिटेड (केजीएलएल)- को हो जसलाई राष्ट्रिय कम्पनी विधि न्यायाधिकरण (एनसीएलटी), कोलकाताद्वारा नियुक्त आधिकारिक दाबेदारलाई सुम्पिइएको छ।
ईडीले गए बुधवार अबेर राती जारी आफ्नो बयानमा उल्लेख गरेको छ, यो कारबाही मनी लण्ड्रिंग निवारण अधिनियम (पीएमएलए)-2002 अन्तर्गत विशेष अदालतको आदेश अनुरूप गरिएको हो। फर्काइएको सम्पत्तिमा दश अचल सम्पत्ति र नौ चल सम्पत्ति सामेल छन्।
एजेन्सी अनुसार यो मामिला केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई), कोलकाताद्वारा दर्ता प्राथमिकीमाथि आधारित छ। ईडीको जाँचमा थाहा लाग्यो, केजीएलएलका निदेशक धनञ्जय सिंह, सञ्जय सिंह औ मृत्युञ्जय सिंहले स्टेट ब्यांक अफ इण्डियाबाट 85.39 करोड़ रुपियाँको क्रेडिट सुविधा तथा टर्म लोन प्राप्त गऱ्यो जुन 30 जून, 2013-को अनिष्पादित परिसम्पत्ति (एनपीए)-मा परिमत भयो। त्यसताक बाँकी राशि 60.38 करोड़ रुपियाँ थियो।
उल्लेखनीय छ, यो ऋण वोल्वो र मर्सिडीज बसहरू खरिद तथा यात्री परिवहन सेवा संचालनको लागि जारी गरिएको थियो। तर ईडी अनुसार यी ऋणहरूको दुरूपयोग गरियो। यस धनराशिको उपयोग फिक्स्ड एसेट्स बनाउने, अन्य ऋणहरूको ब्याज औ किस्ता चुकाउने तथा आफ्नो अन्य आवश्यकतालाई पूरा गर्नको लागि गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा