कोलकातामा हकर्सलाई दिइनेछ पहिचान पत्र, पञ्जीकृत रेहड़ी-पटरी व्यापारीहरूलाई ठूलो राहत
कोलकातामा हकर्सलाई दिइनेछ पहिचान पत्र, पञ्जीकृत रेहड़ी-पटरी व्यापारीहरूलाई ठूलो राहत


कोलकाता, 17 जुलाई (हि.स.)। कोलकाता नगरनिगमले शहरका हकर्सहरूलाई उनीहरूको पहिचान सुनिश्चित गर्नका लागि फोटोयुक्त पहिचान पत्र दिने फसेला गरेको छ। यो कार्य आगामी दुर्गा पूजाको पहिलो चरणमा लागू हुनेछ जसान्तर्गत लगभग नौ हजार हकर्सलाई पहिचान पत्र जारी गरिनेछ। यो कार्य अगस्त महिनादेखि शुरू हुनेछ जसलाई टाउन वेंडिंग कमिटी र हकर पुनर्वास विभागले मिलेर सुल्झाउनेछ।

स्मरण गराइन्छ, पछिल्लो वर्ष मुख्यमन्त्री ममता ब्यनर्जीले अतिक्रमण गरिरहेका हकर्समाथि कड़ा कदम उठाएकी थिइन्। त्यसपछि नगरनिगम र पुलिसले मिलेर अवैध हकर्सविरूद्ध व्यापक रूपमा बेदखल अभियान संचालन गरिएको थियो। यस अवधि केही हकर्सलाई सार्वजनिक स्थलहरूबाट हटाएर अतिक्रमणमाथि लगाम लगाउने चेष्टा गरिएको थियो।

डिजीटल सर्वेपछि कारबाही-वर्ष 2016- को रिपोर्ट अनुसार कोलकातामा हकर्सको संख्या लगभग 54 हजार थियो भने हकर्स संगठनहरू अनुसार यो संख्या 60 हजारभन्दा अधिक छ। सरकारद्वारा गरिएको डिजीटल सर्वेमा लगभग 15 हजार हकर्सको जानकारी, उनीहरूको तस्वीर तथा आधार कार्डसित लिंक गरेर दर्ता गरिएको थियो। पहिलो चरणमा उनीहरूमध्ये नौ हजार वैध हकर्सलाई पहिचान पत्र दिइनेछ।

दोस्रो चरणमा वर्षको अन्त वा आगामी वर्षको शुरूमा 6 हजार थप हकर्सलाई पहिचान पत्र प्रदान गरिनएछ। कोलकाता नगरनिगमका मेयर परिषद सदस्य देबाशिष कुमारले भनेका छन्, नियम पालन गर्ने हकर्सविरूद्ध कुनै कारबाही गरिनेछैन, तर जसले अवैध रूपमा हकरी गर्छ उनीहरूविरूद्ध कड़ा अभियान फेरि संचालन गरिनेछ।

हकर्स यूनियनहरूले राज्यको यस निर्णयलाई स्वागत गरेका छन् साथै माग गरेका छन्, सर्वेमा सामेल हुन नसकेका वैध हकर्सलाई यथाशीघ्र सर्वेको घेराभित्र लिएर उनीहरूको पञ्जीकरण गरिनेछ ताकि उनीहरूलाई पनि पहिचान पत्र प्राप्त होस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande